कैलाली ४ मा कांग्रेसको जित र एमाले हारको 'फ्याक्टर' के? - Chaitanya News
  • 2026-05-05
  • 17:56:05
  • मंगलबार,बैशाख २२, २०८३
  • कैलाली ४ मा कांग्रेसको जित र एमाले हारको ‘फ्याक्टर’ के?

    कैलाली ४ मा कांग्रेसको जित र एमाले हारको ‘फ्याक्टर’ के?

    तस्बिर : कैलाली ४ बाट निर्वाचित सांसद बीरबहादुर बलायर

    एकात्मक व्यवस्थाबाट राज्य संघीय लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि देशको बागडोर जनताको हातमा गयो। जनताका छोराछोरीले राज्यका हरेक तह र तप्कामा अवसर पाउन थाले। जनताको भविष्यको फैसला कुनै एक जना शासकले गर्ने व्यवस्था जनताको हातमा पुगेपछि आफ्नो बारेमा निर्णय जनताले स्वयम् गर्ने नै भए। देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएका चुनावमा नयाँ–नयाँ अनुहारको प्रवेश भयो। नयाँ–नयाँ विचार निर्माण गर्ने व्यक्तिको प्रवेश भयो। संघ, प्रदेश र स्थानीय तहमा भएका चुनावमा देखा परेका केही अनुहारले जनताको पक्षमा काम गरे भने केहीले आफ्नै व्यक्तिगत जीवनको लागि काम गरे। लामो समयसम्म शासन गरेको एकान्तम व्यवस्थाका अवशेषहरू बाँकी रहिरहेकोले यस्ता किसिमका प्रवृत्ति जीवित रहनु कुनै नौंलो कुरा पनि होइन। जनताले विस्तारै गणतान्त्रिक प्रवृत्तिलाई स्थापित गर्ने नै छन्।

    अघिल्लो चुनाव जस्तै यो वर्ष पनि चुनाव भयो। जनतालाई जे भने पनि हुन्छ, जे गर्दा पनि हुन्छ भन्ने परम्परागत मान्यताका केही हिमायतीले यस पटकको चुनावमा नराम्रोसँग हार व्यहोरे। कतिपय नयाँ अनुहार पनि देखा परे। यस पटकको चुनाव विभिन्न कारणले चर्चामा रह्यो। नसोचेका परिणाम प्नि देखा परे। कैलाली क्षेत्र नम्बर ४ यो पटक विशेष कारणले चर्चामा रह्यो। चर्चामा रहनुको कारण थियो माओवादी पृष्ठभूमिबाट आएका तर वर्तमान अवस्थामा एमालेको राजनीति गरिरहेका लेखराज भट्ट र कांग्रेसको राजनीतिमा आफ्नो ऊर्जापूर्ण जीवन व्यतित गरेका बीरबहादुर बलायरबीचको प्रतिस्पर्धा। यी दुबै जना उम्मेदवारको प्रतिस्पर्धा प्रतिनिधि सभा सदस्यको लागि भएको थियो। लेखराज नेकपा एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेशका इञ्चार्ज र बीरबहादुर नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति भएका कारण पनि दुवै जनाका लगि यो चुनाव अस्तित्वको लडाई थियो।

    बीरबहादुरलाई गोदावरी राख्ने भनिएको राजधानी डोटीमा लग्छु भनेको आरोप थियो। यस पटकको चुनावमा उनी डोटीबाट कैलाली क्षेत्र नम्बर ४ मा पुगेका थिए। टुरिष्ट उम्मेदवार भनेर उनको बारेमा प्रचार पनि गरिएको थियो। यो चुनावी संग्राममा उनलाई कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव जित्न गाह्रो नै हुने थियो। आफ्नो क्षेत्रमा चुनाव जित्न अनुभव बटुलेका लेखराज भट्टसँग बलायरलाई चुनाव जित्न सहज पनि थिएन। माओवादी र समाजवादीका भोट निर्णायक थिए कांग्रेसका लागी। लेखराजलाई पनि माओवादीका भोटको आशा थियो। केही मात्रामा माओवादी र समाजवादीले भरथेग गरे पनि मुख्य गरेर कांग्रेस पार्टीले नै यसको जस र अपजस लिनु पथ्र्यो।

    निर्वाचन मुल कमिटिका संयोजक एवम् क्षेत्र नम्बर ४ का सभापती वसन्त रोकाया ललितको कुशल नेतृत्वमा विरबहादुर बलायरले जित निकाल्न सफल भए। बीरबहादुरको अस्तित्वको चुनावी लडाईमा जित भयो। बीरबहादुर बलायरलाई जति चुनौति थियो त्यति नै मात्रामा आफूलाई पुष्टि गर्ने अवसर पनि। कांग्रेसभित्र पनि आन्तरिक किचलोलाई व्यवस्थापन गर्न सक्नु, माओवादी र समाजवादी, जनमोर्चालाई गठबन्धको अपनत्व भाव जगाई समान जिम्मेवारी दिनसक्नु, कमिटीको प्रभावकारी सदुपयोग गर्ने सक्नुले वसन्तको कमाण्डलाई प्रसङ्सा गर्न लायक बनायो। उनले सुझबुझका साथ आफ्नो जिम्मेवारी निभाए।

    प्रदेश सभा (क) मा समाजवादीका तर्फबबट दीर्घ सोडारी र प्रदेश सभा (ख) मा कांग्रेसका नेता प्रकाश बम चुनावी प्रतीस्पर्धामा थिए। सोडारीसँग गौरीगंगा नगरपालिकाका निवर्तमान नगर प्रमुख भीम देउवा र बमसँग गोदावरी नगरपालिकाका निवर्तमान नगर प्रमुख हरि सिंह साउद प्रतिस्पर्धामा थिए। लेखराजको रणनिती प्रष्ट थियो स्थानीय तहमा चुनावमा जित निकालेका नगर प्रमुखलाई अघि सारि चुनाव जित्ने। तर लेखराजको रणनीति फेल भयो। चुनावआन्तरिक र बाह्य द्वन्द्वमा राजनीति सधैँ नै पिल्सिएको हुन्छ। राजनीतिमा दीर्घ दुस्मन कोही पनि हुँदैन। विचार, अवसर र अवस्थाको सही ढंगले प्रयोग र परिचालन गर्न सक्ने व्यक्ति नै कुशल नेता हो। कैलाली क्षेत्र नम्बर ४ को सन्दर्भमा कांग्रेस नेता रोकायले आफ्नो पदीय दायित्व र मर्यादालाई पूर्ण रुपमा पालना गर्दै कुशलता पूर्वक नेतृत्व गरेको देखिन्छ। स्थानीय तह, प्रदश सभा र प्रतिनिधि सभामा जित निकाल्दै नेता रोकायाले आफ्नो नेतृत्वमा जितको ह्याट्रिक गर्न सफल भए। यस पटकको निर्वाचनको परिणामले राजनीतिको दीर्घकालिन दौडमा वसन्तले आफूलाई अब्बल, सफल र सबल रुपमा आगामि यात्रा गर्न सक्नेछन् भन्ने कुरा देखिन्छ।

    सबैखाले अन्र्तविरोध र सबैखाले असन्तुष्टिलाई समेटेर एउटा निश्चितताको सबल बिन्दूमा पार्टी, कार्यकर्ता र अन्य पार्टीका व्यक्तिलाई मिलाउन सक्नु उनको सफलता हो। बाह्य रुपमा बलायरले जितेका छन् भने आन्तरिक रुपमा रोकायले जितेका छन्। यो जित एक जना व्यक्तिको नभएर समग्र पार्टी, नेता, कार्यकर्ता र जनताको जित भएको रोकाया बताउछन्। भविष्यको गर्भमा रहेका रहस्यका अनेक विषयका अनेक कोपिला फक्रने र फुल्ने नै छन्। निर्वाचित बलायरले त्यहाँका जनताको लागि कसरी काम गर्छन् र उनलाई रोकायले कस्तो काम गर्न उत्प्रेरित गर्छन् त्यो भने हेर्न बाँकी नै छ।