प्रधानमन्त्री ओलीले भने: ५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ - Chaitanya News
  • 2025-05-15
  • 14:18:44
  • बिहिबार,जेठ ०२, २०८२
  • प्रधानमन्त्री ओलीले भने: ५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ

    प्रधानमन्त्री ओलीले भने: ५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा बनेको बताएका छन् ।

    आज (शुक्रबार) राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको समेत बताए।

    सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको बारे शिक्षकको बुझाइ नै यस्तो रहेको टिप्पणी गरे।

    ‘शिक्षा क्षेत्रमा हामीले प्रयत्न गरेका छौं। हिजो एकजना शिक्षकले बोल्दै गरेको मैले सुनेँ। मलाई गाली गरिरहनुभएको थियो किन गाली गर्नुभएको हो मैले बुझिनँ,’ उनले भने, ‘यसरी गाली गरिरहनुभएको थियो। उहाँसँग मेरो जिन्दगीमा भेट पनि भएको पनि छैन होला। भेट्या पनि उहाँले छैन होला ।
    तर गाली बेसरी गरिरहनुभएको थियो किन गरेको हो थाहा भएन।

    उनी ती शिक्षकको भनाइप्रति प्रतिक्रिया दिंदै भने, ‘कसले सिकायो, कसले घोकायो, कसले पढायो। फेसबुक मात्रै हेर्नुहुन्छ कि क्या हो ?

    शिक्षकलाई ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु नै काफी लाग्ने गरेको प्रधानमन्त्री ओलीको टिप्पणी छ। ‘उहाँ भनिरहनुभएको थियो ४८ प्रतिशत विद्यार्थी एसईईमा पास हुनु भनेको काफी हो, धेरै हो। ५२ प्रतिशत फेल हुने कुरालाई उहाँले एकदम इजी लिनुभएको छ,’ उनले भने।

    नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अगाडि थपे, ‘५२ प्रतिशत हम्रो योङ जेनेरेसनका होनहार प्रतिभाहरूको भविष्य एसईईमै १० कक्षामै चट बनाइदिएर, खत्तम पारेको उहाँले मज्जाको कुरा हो भन्नुहुन्छ।

    आफूले शिक्षण नगरे पनि शिक्षकको उक्त टिप्पणीले दुःखी बनाएको प्रधानमन्त्रीलेब ताए। ‘एकजना शिक्षक साथीले बोलेको मैले सुनेँ। जब मेन्टालिटी र बुझाइ नै त्यो छ‘,’ उनले भने, ‘५२ प्रतिशत फेल भएकोमा उहाँलाई ‘ होइन हामीले यसमा ध्यान दिनुपर्छ भन्ने छैन।