सरकारद्धारा सात विधामा सूचना प्रविधि अवार्ड वितरण, को–कोले जिते ? - Chaitanya News
  • 2026-11-18
  • 03:02:12
  • मंगलबार,मंसिर ०२, २०८३
  • सरकारद्धारा सात विधामा सूचना प्रविधि अवार्ड वितरण, को–कोले जिते ?

    सरकारद्धारा सात विधामा सूचना प्रविधि अवार्ड वितरण, को–कोले जिते ?

    काठमाडौं– सात विधामा सूचना प्रविधि अवार्ड वितरण गरिएको छ । सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड’ वितरण गरेको हो।

    आज (शुक्रबार) सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवार्डसहित सम्मान गरेको हो।

    सरकारले नेशनल ‘आईसीटी एक्सेलेन्स अवार्ड २०२५’ प्रा.डा. शशिधर राम जोशीलाई प्रदान गरेको छ। उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको आईओएममा ४ दशकदेखि इन्जिनियरिङ क्षेत्रमा अध्यापन गर्दै आएका छन्। एआईबारे चासो राख्ने उनका अनुसन्धानमुलक लेखहरू १६ बढी भाषामा प्रकाशन भएका छन्।

    यस्तै नेशनल आईसीटी एक्सिलेन्स अवार्ड महिलातर्फ बन्दना शर्मा (भैरहवा रुपन्देही) ले पाएकी छिन्। उनी नेपाल बैंकमा कार्यरत छिन्। उनले नेपाल बैंकमा प्रविधि भित्राउनमा महत्वपूर्ण योगदान दिएको भन्दै सरकारले सम्मान गरेको हो।

    यस्तै नेशनल आईसीटी नवप्रवद्र्धन अवार्ड २०२५ ई–कागज पत्र प्रालिलाई प्रदान गरिएको छ। ललितपुरको महालक्ष्मीस्थानमा रहेको यो कम्पनीले सरकारी कागजलाई डिजिटलाइज्ड गर्दै आएको छ।

    यस्तै नेशनल आईसीटी अवार्ड पब्लिक सेक्टरबाट जल तथा मौसम विज्ञान विभागले पाएको छ। विभागले सरकारी सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गरेर मौसमको जानकारी दिँदै आएको छ।

    यस्तै नेशनल आईसीटी अवार्ड प्राइभेट सेक्टरबाट माभोरियन डेभलपमेन्ट सिष्टम बालुवाटारले पाएको छ। माभोरियनले नेपालमै वेब डेभलपमेन्ट र डेटा सेन्टर स्थापना गरी साना तथा ठूला कम्पनीलाई सेवा प्रदान गर्दै आएको छ।

    यसैगरी नेशनल आइसिटी अवार्ड प्रादेशिक पब्लिक सेक्टर २०२५ तर्फ ललितपुर महानगरपालिकाले पाएको छ। छोटो समयमा बिलिङ सिष्टमलाई डिजिटलाइज्ड गरेवापत् लललितपुर महानगर सम्मानित भएको हो।

    नेशनल आइसिटी अवार्ड २०२५ प्रादेशिक प्राइभेट सेक्टरतर्फ निन्जा इन्फोसिस प्रालि बाँकेले पाएको छ। निन्जा इन्फोसिसले मोफसलमा रहेर डेटा सन्टर र वेब डेभलपमेन्टका सेवाहरू प्रदान गर्दै आएको छ।

    यसैगरी यस वर्षको नेशनल आईसीटी स्टार्टअप अवार्ड २०२५ ट्याकुम डिजिटल प्रालि नखीपोटलाई प्रदान गरिएको छ।

    सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्राउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजीज सर्भिसेस (क्लाउड फ्याक्ट्री) र लिभफ्रग टेक्नोलोजी सम्मानित भएको छन्।

    स्प्राउट टेक्नोलोजी आईटी कम्पनी हो, जसले विभिन्न आईटी सम्बन्धी सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ।

    यस्तै लिभफ्रग टेक्नोलोजीले पनि आईटी सम्बन्धी विभिन्न सेवाहरू आउटसोर्सिङ गर्दै आएको छ।

    त्यसैगरी आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा एनसेल आजिआटा, फोन पे र ई–सेवा सम्मानित भएका छन्। एनसेल निजी स्वामित्वको दूरसञ्चार सवा प्रदायक क्षेत्र हो भने फोन पे र ईसेवा निजी क्षेत्रकै डिजिटल भुक्तानी सेवा प्रदायक हुन्।

    सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे।