राष्ट्रिय परीक्षा बोर्डले भन्यो: कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं - Chaitanya News
  • 2025-05-15
  • 15:46:34
  • बिहिबार,जेठ ०२, २०८२
  • राष्ट्रिय परीक्षा बोर्डले भन्यो: कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं

    राष्ट्रिय परीक्षा बोर्डले भन्यो: कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने बताएको छ।

    परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न बोर्डले आग्रह गरेको छ। यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो। नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो।

    पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ।

    बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचनामार्फत अनुरोध गरेको छ।