बुटवल- लोकसेवा तयारीका लागि प्रतिष्ठित संस्था चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले बृत्ति विकास तथा अर्थ आर्जनका विषयमा कार्यशाला सम्पन्न गरेको छ ।
कार्यशालाको उद्देश्य विद्यार्थीहरूलाई बिमा क्षेत्रमा रहेका अवसरहरूबारे जानकारी दिनु, सेवा प्रवेश गर्दा अबलम्बन गर्नुपने कार्यहरुको विषयमा जानकारी गराउनु र खाली समयमा आय आर्जनका उपायहरू सिकाउनु रहेको शाखा प्रमुख दीपक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार, जीवन बिमा जस्ता कामहरूबाट विद्यार्थीहरूले अध्ययनसँगै आम्दानी पनि गर्न सक्नेछन जस्ले पठन पाटन र जिवन यापनलाई सहजिकारण गर्न सक्दछ ।
कार्यक्रममा सूर्य ज्योती लाइफ इन्स्योरेन्स, बुटवलका शाखा प्रमुख खेम बिजी मगरले बिमा क्षेत्रमा रोजगारीका सम्भावनाहरू र आवश्यक तयारीबारे अभिमुखीकरण दिनुभयो । साथै, उहाँले लोकसेवा र बैंकिङ तयारीका विद्यार्थीहरूलाई समय व्यवस्थापन गर्दै आम्दानीका उपायहरूबारे पनि प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा चैतन्य एकेडेमीका एडमिन अफिसर चेतना गौडेल र सूर्य ज्योतीका सन्तोष ज्ञवालीको पनि उपस्थिति थियो। ५१ जना सहभागी रहेको कार्यक्रममा प्रशिक्षक खेम बिजी मगरलाई स्मृति चिह्न प्रदान गरिएको थियो ।
एकेडेमीले हाल नासु, खरिदार, बैंकिङ्ग सेवा तथा काठमाडौँ बाहिर पहिलो पटक शाखा अधिकृत तयारी कक्षा सञ्चालन गरिरहेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ, जलपान वितरणजस्ता कार्यक्रमहरू सञ्चालन गरिसकेको एकेडेमीले अहिले कलेज तहमा लोकसेवा अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। ।