बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले गरे थली–साँखु सडकखण्ड बन्द - Chaitanya News
  • 2026-04-24
  • 01:07:28
  • बिहिबार,बैशाख १०, २०८३
  • बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले गरे थली–साँखु सडकखण्ड बन्द

    बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले गरे थली–साँखु सडकखण्ड बन्द

    काठमाडौं– बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले थली–साँखु सडकखण्ड बन्द गराएका छन्। ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा आज बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ।

    थली–साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा उल्लेख छ।

    यसअघि पनि थलीका व्यवसायी र स्थानीयले सडक बन्द गरेर कालोपत्र गर्न माग गर्दै आएका छन्। तर उनीहरुको माग अझैसम्म पूरा भएको छैन।

    चाबहिल–साँखु सडकखण्डमा पर्ने थलीस्थित व्यञ्जन पार्टी प्यालेसदेखि गोकर्ण रिसोट छेउ उकालोसम्मको बाटो कच्ची छ। वषरमा हिलो र हिउँदमा धुलो उड्ने भएकाले स्थानीय समस्यामा परेका छन्।