नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा देउवाले दिए धन्यवाद - Chaitanya News
  • 2026-05-05
  • 17:56:06
  • मंगलबार,बैशाख २२, २०८३
  • नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा देउवाले दिए धन्यवाद

    नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा देउवाले दिए धन्यवाद

    काठमाडौँ– मंसिर ४ मा भएको निर्वाचनमार्फत नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाएकोमा प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन्।

    निर्वाचनको समानुपातिसहित सम्पूर्ण परिणाम आएपछि शुक्रबार बिहान ट्वीट गर्दै देउवालले सबैभन्दा ठूलो दल बनाएकोमा सबैलाई धन्यवाद दिएका हुन्। कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ।

    दुवै मिलाएर प्रतिनिधि सभामा कांग्रेसका ८९ सदस्य रहने छन्। कांग्रेसले सत्तारुढ गठबन्धनमा रहेका ५ दलीय गठबन्धनमा तालमेल गरेर निर्वाचमा प्रतिस्पर्धा गरेको थियो।