समानुपातिक सांसदको नाम टुंगो लगाउन राप्रपाले बोलायो कार्य सम्पादन समितिको बैठक - Chaitanya News
  • 2026-05-05
  • 17:56:37
  • मंगलबार,बैशाख २२, २०८३
  • समानुपातिक सांसदको नाम टुंगो लगाउन राप्रपाले बोलायो कार्य सम्पादन समितिको बैठक

    समानुपातिक सांसदको नाम टुंगो लगाउन राप्रपाले बोलायो कार्य सम्पादन समितिको बैठक

    काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ।

    बैठक भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ।

    बैठकले चुनावी समीक्षासमेत गर्ने बताइएको छ। यस्तै नेपाली कांग्रेसले पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट ३२ समानुपातिक सांसदको टुंगो लगाइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए।

    निर्वाचन आयोगले दलहरुलाई समानुपातिक सिट बाँडफाँड गरेर नाम बुझाउन पत्राचार गरेसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। निर्वाचन आयोगले भोलि दिउँसोसम्मको समय दिएर सांसदहरूको क्लष्टर पेस गर्न पत्राचार गरेपछि दलहरु समानुपातिक सांसद छान्न छलफलमा जुटेका हुन्।