एमालेले आज समानुपातिक सांसद टुंग्याउने - Chaitanya News
  • 2026-04-24
  • 01:08:29
  • बिहिबार,बैशाख १०, २०८३
  • एमालेले आज समानुपातिक सांसद टुंग्याउने

    एमालेले आज समानुपातिक सांसद टुंग्याउने

    काठमाडौं– नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो लगाउन आज सचिवालय बैठक बोलाएको छ ।

    समानुपातिकतर्फ पाएको मतका आधारमा प्रतितिनिसभामा एमालेका ३४ सांसद निर्वाचित हुने छन्। त्यसैगरी मधेस प्रदेशबाहेक चार प्रदेशमा एमाले पहिलो भएको छ भने अरु दुई प्रदेशमा कांग्रेससँग बराबरी सिट ल्याएको छ।

    एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ । आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै दलहरु समानुपातिक सांसदको निर्णय गर्न लागेका हुन्।

    आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० नाम मध्येबाट ५ क्लस्टरमा नामहरू छुट्याएर पार्टीको निर्णयसहित निर्वाचन आयोगलाई पठाउनुपर्नेछ।