नेपाल बिमा प्राधिकरणले माग्यो कर्मचारी - Chaitanya News
  • 2026-08-04
  • 09:52:39
  • मंगलबार,साउन १९, २०८३
  • नेपाल बिमा प्राधिकरणले माग्यो कर्मचारी

    नेपाल बिमा प्राधिकरणले माग्यो कर्मचारी

    काठमाडौं- नेपाल बिमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ। खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो। अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि आवेदन माग गरिएको छ।

    नेपाल बीमा प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको प्राधिकरणले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

    योग्यता पुगेका उमेदवारहरूले पुस २४ गतेसम्म आवेदन दिनसक्नेछन्। अनलाइनमार्फत आवेदन दिन सकिने पनि प्राधिकरणले जनाएको छ।