तोमनाथ उप्रेती:
आजको युग विज्ञान र प्रविधिको युग हो, जसले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। विज्ञान र प्रविधि आपसमा गहिरो सम्बन्धित छन्, जहाँ विज्ञानले प्रविधिको विकासलाई मद्दत पुर्याउँछ र प्रविधि विज्ञान शिक्षालाई सशक्त बनाउँछ। यद्यपि नेपाल जस्ता विकासोन्मुख मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो फड्को लिन आवश्यक छ।विज्ञान र प्रविधिको विकासले विश्वभर मानिसको जीवनमा आमूल परिवर्तन ल्याएको छ । विशेष गरी यातायात, सञ्चार र उत्पादनका क्षेत्रमा। नेपालमा विज्ञान र प्रविधिको विकासमा केही प्रगति भए तापनि अझै धेरै सुधार गर्न बाँकी छ। नेपालका विभिन्न स्रोत र साधनहरूको उचित उपयोग गर्न सकिएमा देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्नेछ।
प्रत्येक देशको विकासमा विज्ञान र प्रविधिको प्रयोग तथा विस्तार अत्यावश्यक मानिन्छ । विज्ञानका विविध विषयले उल्लेखनीय विकास गरिसकेको वर्तमान समयमा कुनैपनि देशको आर्थिक विकासका लागि होस् वा सामाजिक परिवर्तनका लागि – विज्ञान तथा प्रविधिलाई सशक्त माध्यम मानिएको छ । सामाजिक रुपान्तरण र भौतिक विकासका लागि विज्ञानको प्रयोग नै किन आवश्यक पर्दछ भन्ने कुराको प्रशस्त उदाहरणहरु रहेका छन् । यस महत्वलाई विकसित राष्ट्रहरुले उच्च प्राथमिकताका साथ आत्मसात गरिरहेका छन् भने नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरुले विज्ञानको क्षेत्रमा विकास गर्नका लागि आफ्ना प्रयासहरु केन्द्रित गरेका छन् । यसै सन्दर्भमा विज्ञान तथा प्रविधिको महत्वलाई उजागर गरी यसको भूमिकालाई आत्मसात गर्दै नेपाल सरकारले वैज्ञानिक तथा प्राविधिक समुदायबाट प्राप्त सुझाव समेतका आधारमा राष्ट्रिय विज्ञान दिवस मनाउने कार्य हुनु हामी सबैका लागि सुखद अवसर हो ।
स्टीम शिक्षा ९विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित० एकीकृत र व्यावहारिक शिक्षा विधि हो जसले विद्यार्थीलाई सिर्जनशीलता, समस्या समाधान, आलोचनात्मक सोच र समूहमा काम गर्ने क्षमता विकास गर्न मद्दत गर्दछ। यस शिक्षाले विद्यार्थीहरूलाई व्यावहारिक सीप र ज्ञान प्रदान गर्छ जसले उनीहरूलाई जीवनका विभिन्न समस्याहरूलाई समाधान गर्न सक्षम बनाउँछ र समाजको रुपान्तरणमा योगदान पुर्याउँछ। स्टीम शिक्षा आजको शैक्षिक प्रणालीको एक महत्वपूर्ण अंश हो । यसले युवा पुस्तालाई नयाँ आविष्कार र अनुसन्धान गर्न सक्षम बनाउँछ र यसले समाजिक र आर्थिक विकासमा योगदान पुर्याउन सक्छ। यस शिक्षा पद्धतिको अवलम्बनले नेपाललाई प्रविधि र विज्ञानमा समृद्ध राष्ट्र बनाउन योगदान पुर्याउन सक्छ। यसले विद्यार्थीलाई उच्चतम दक्षता र सीपहरू विकास गर्न मद्दत पुर्याउँछ, जसले उनीहरूलाई अन्तर्राष्ट्रिय र स्थानीय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ र रोजगारी सिर्जना तथा आर्थिक वृद्धिमा योगदान पुर्याउँछ।
आज विश्वका धेरै राष्ट्रहरूमा विज्ञान र प्रविधिको विकासमा विशेष ध्यान आकृष्ट हुन थालेको छ । तर नेपालमा आजसम्म पनि सम्बन्धित क्षेत्रबाट विज्ञान र प्रविधिको विकासमा खास ध्यान पुर्याउन सकेको देखिँदैन र विद्यार्थीहरूले पनि यसतर्फ खासै ध्यान दिएको देखिँदैन ।वास्तवमा भन्ने हो भने विभिन्न कठिनाइका बाबजुद वर्तमान समयमा नेपालले विकसित राष्ट्रहरूको जस्तो जटिल प्रविधिको विकास गर्न सक्दैन । त्यसैले यसले परम्परागत प्रविधिको विकासमा जोड दिई विभिन्न क्षेत्रमा अग्रसर हुन नितान्त आवश्यक छ । यसो गर्न सकेमा पनि हाल यहाँ विद्यमान गाँस, बास र कपास र समस्याको समाधान केही मात्रामा भए पनि हुन सक्छ । तर, विगतको सरकारले यसतर्फ खास ध्यान आकृष्ट गर्न र गराउन सकेन । फलतः यहाँ विज्ञानको क्षेत्रमा कुनै ठोस उपलब्धि गर्न सकिएन ।
आज विज्ञान र प्रविधिको विकासले विश्व नै एउटा सानो गाउँका रुपमा परिणत हुँदैछ । तर नेपालमा आजसम्म पनि उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । वास्तवमा यहाँ पनि विज्ञान र प्रविधिको विकास गरी विद्यमान राष्ट्रिय सम्पदालाई विश्वसमक्ष प्रस्तुत गरेर विश्व पर्यटन बजारबाट अत्याधिक फाइदा लिन सकिन्छ ।हालसम्म पनि यहाँका अधिकांश जनता कृषिमा आश्रित छन्, तर आजसम्म पनि यहाँ परम्परागत किसिमबाट खेतीपाती गर्नाले उक्त व्यवसायबाट खासै फाइदा हुन सकेको छैन । यसैले नेपालमा पनि विज्ञान र प्रविधिको ठोस विकासका लागि उपयुक्त नीति तथा नियमहरू तर्जुमा गरी कार्यान्वयन गर्न विशेष जोड दिन अति आवश्यक छ । यी कुराहरूबाहेक यहाँ विज्ञान र प्रविधिको विकास गरी अधिकतम लाभ लिन एकातर्फ विज्ञान र प्रविधिको महत्वबारे व्यापक प्रचार–प्रसार गरी यहाँका बालबालिकाहरूलाई सानै उमेरदेखि विज्ञान तथा प्रविधिको महत्वबारे विशेष ध्यानआकृष्ट गर्न आवश्यक छ भने अर्कातिर यस किसिमको शिक्षाबाट देशमा परेको प्रभावको बेलाबेलामा मूल्यांकन गरी समसामयिक सुधार गर्न उत्तिकै जरुरी छ ।
वर्तमान समयमा हामीसँग विज्ञान तथा प्रविधिको क्षेत्रमा अधिक संख्यामा जनशक्ति उत्पादन भएको अवस्था छ । मुख्यतः बहुदलीय व्यवस्था र लोकतन्त्रको पुनस्र्थापना पश्चात् राज्यले अवलम्बन गरेको नीति तथा कार्यक्रमका माध्यमबाट देशभित्र विज्ञान विषयका थुप्रै कलेजहरु स्थापना र सञ्चालन भइआएका छन् । चिकित्साशास्त्र र ईञ्जिनियरिङ विषयमा नेपालमा अन्तराष्ट्रिय स्तरमा नै प्रतिष्ठित अध्ययन संस्थानहरु सञ्चालित छन् भने नेपालमा उत्पादित जनशक्तिहरु विश्वका अन्य उत्कृष्ट विश्वविद्यालय र अनुसन्धान केन्द्रहरुमा अध्ययनरत र कार्यरत रहेको सुखद अवस्था पनि हामीसँग छ । नेपालमा चिकित्सा सेवामा टेस्ट ट्यूब बेबी, अङ्क प्रत्यारोपण जस्ता सुविधा, जटिल शल्यक्रिया तथा आँखाको उपचार सेवा उपलब्ध भइरहेका छन् । यसका साथै, ईन्जिनियरीङ क्षेत्रको कुरा गर्दा – दुई हजार भन्दा बढी साना जलविद्युत आयोजनाहरुले नेपालका ग्रामीण भूभागमा सेवा प्रदान गरेका छन् भने झोलुङ्के पुलको निर्माण, मत्स्यपालन, सामुदायिक वन व्यवस्थापन र जैविक विविधता संरक्षणका क्षेत्रमा नेपालमा उत्पादित विशेषज्ञहरु थुप्रै अन्तर्राष्ट्रिय सेवामा कार्यरत रहेका छन् । यी सबै विषयहरु विज्ञान क्षेत्रमा नेपालमा भएका प्रगतिका उदाहरणहरु हुन्, जसलाई आगामी दिनमा निरन्तरता दिँदै अघि बढ्न सक्नुपर्दछ ।
प्रविधि र विज्ञानको संयोजनका साथसाथै विकास भन्ने कुरा सामाजिक वातावरणबाट पनि प्रभावित हुने विषय हो । यसकारण कतिपय काम कारबाहीहरु राजनीतिक व्यवस्था, राज्यको सहयोग, जनशक्ति र साधन श्रोतको व्यवस्थापन जस्ता विषयहरुमा प्रत्यक्ष निर्भर गर्दछन् । नेपालको वर्तमान सन्दर्भमा हामीहरु राजनीतिक स्थायित्वका लागि संवेदनशील हुनुपर्ने आवश्यकता रहेको छ ।वर्तमान समयमा यहाँका नागरिकको हक तथा अधिकारलाई कुण्ठित नहुने गरी विज्ञान र प्रविधिको विकासमा सरकारले प्रोत्साहन दिएमा समृद्धिका लागि विकास भन्ने मूलमन्त्रलाई साकार बनाउन बल पुग्नेछ ।विज्ञान र प्रविधिको विकासका लागि अनुसन्धानको आवश्यकता पर्छ जसका लागि प्रचुर धनराशिको जरुरी छ । यो कुरा विकसित देशहरूको अनुभवबाट बोध हुन्छ । परन्तु यहाँ अनुसन्धानका लागि न्यून बजेट छुट्याउने परम्परा भएकाले उक्त क्षेत्रको ठोस विकास हुन सकेको छैन । त्यसैले यसतर्फ सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ ।
विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन् । प्रकृति र विज्ञानबीच गहिरो सम्बन्ध रहेको हुन्छ ।विज्ञानमा वैज्ञानिकहरुले पहिला अवलोकन गर्छन् । अनि त्यो किन र कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पनाअनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर वैज्ञानिक सिद्धान्त बन्छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै ग–यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । यद्यपि हामीसँग वेदहरु भए तापनि विज्ञानको उचित विकास हुन सकेन ।
धेरै बिकसित देशहरुमा त्यहाँको सरकारले विज्ञान र प्रविधिको क्षेत्रका अनुसन्धानकर्ताहरु, विज्ञहरु, बैज्ञानिकहरु, प्रोफेसरहरुसँग सल्लाह र सुझावहरु लिएर अघि बढ्ने गर्छ । विश्वका विकसित देशहरुको आर्थिक सम्वृद्धिको र सामाजिक रुपान्तरणको मुख्य इञ्जिन मानिने ‘अनुसन्धान र बिकास’ अवधारणाको महत्वलाई ह्रदयंगम गर्दै नेपालमा विज्ञान तथा प्रविधिको अधिकतम विकास गरी देशलाई आर्थिक सम्बृद्धितर्फ उन्मुख गराउनु टडकरो आवश्यकता देखिन्छ । हाम्रो देश नेपाललाई स्वावलम्वी बनाउँने आफ्नो माटोलाई सुहाउँदो प्रविधिको विकास गर्नु जरुरी छ ।
बर्तमान विश्वमा विज्ञान र प्रविधिको विकास तीव्रतर गतिमा भइरहेको छ। विज्ञान र प्रविधिको विकास र विस्तारको लागि विश्व आज प्रतिस्पर्धात्मक रुपमा अघि बढेको छ। आजको युग भनेको विज्ञान र प्रविधिको युग हो। विज्ञान र प्रविधिको क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँ नयाँ आविस्कारहरू भइरहेका छन्। त्यसो त मानिसले परापूर्व कालदेखि विज्ञान तथा प्रविधिको विकास गरेको पाइन्छ। तर पनि केही दशक यता विज्ञान र प्रविधिका क्षेत्रमा भएका विकास, विस्तार र यस्को उपयोगिताले मानव जीवन सहज अनि सरल बन्दै गएको कुरा साँचो हो।विज्ञान तथा प्रविधिलाई विश्वको विकास र समृद्धिको मेरुदण्ड मान्नुपर्दछ। विज्ञान र प्रविधि विनाको जीवन अधुरो र अपूरो बन्न पुगेको छ । अहिले विश्व परिवेश हेर्ने हो भने जुन मुलुकले सबैभन्दा बढी विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न सकेको छ, त्यही मुलुक नै अग्रणी बन्दै गइरहेको छ। जसको ज्वलन्त उदाहरणको रुपमा हामी सयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनलाई लिन सक्दछौँ।
अहिले विश्व २१ औं शताब्दीमा दौडिरहेको छ। अहिलेको समयलाई सूचना प्रविधिको युगको रुपमा लिने गरिन्छ । सूचनाको संकलन, सम्प्रेषण एवं सञ्चार गर्ने पत्रपत्रिका, कम्युटर, हार्डवेयर, सफ्टवेयर, नेटवर्क, इन्टरनेट लगायतका प्रविधिको समष्टिगत रूपलाई नै सूचना तथा सञ्चार प्रविधि भनिन्छ। अहिलेका पुस्ताहरूको अधिकांश समय मोवाइल, ल्यापटप वा कम्युटरको स्क्रिनमा हेरेर बित्दछ। चाहे कसैले पढून्, कसैले गेम खेलून्, कसैले भिडियो हेरून्। अहिले सबै काम इन्टरनेटबाट नै हुने गर्दछ। चाहे त्यो साथीहरू, आफन्तसँग कुरा गर्न होस्, चाहे कुनै कार्यालयको काम होस्, सबै मोवाइल र ल्यापटपबाट नै गरेको पाइन्छ। प्रविधिको प्रयोगले एक दिनमा हुने काम एकछिनमा नै हुने गर्दछ। त्यस्तै विज्ञान र प्रविधिले विकास गरेको फेसबुक, युट्युव हाम्रो दैनिक बनिसकेका छन् भने ट्वीटर, इन्स्टाग्राम, भाइबर, इमो, टिकटक पनि विज्ञान प्रविधिको विकासको वर्तमान नमुनाहरू हुन्।
सन् १९८० को दशक यता विश्वमा सूचना तथा सञ्चार प्रविधिको युग सुरु भएको मानिन्छ र यससँगै विकसित देशका अर्थतन्त्र प्रविधिमा आधारित अर्थतन्त्रका रूपमा रूपान्तरण भएका छन्। मानव मस्तिष्कको उच्चतम प्रयोग र अथक परिश्रमको प्रतिफल विज्ञान र प्रविधिको विकास तथा विस्तार अहिलेको अवस्थासम्म आइपुगेको छ। यसरी हेर्ने हो भने विज्ञान र प्रविधिको विकास साथै सयौँ वैज्ञानिक, अन्वेषक, इन्जिनियर, सफ्टवेयर डेभलपर्स आदिका निरन्तर खोज, अध्ययन र अनुसन्धानका कारण विश्वले प्रथम औद्योगिक क्रान्तिदेखि सूचना तथा सञ्चार प्रविधिको युगसम्मको यात्रा तय गर्न सफल भएको छ। विगतमा कल्पनासम्म नगरिएका विषय वर्तमानमा आएर सफल र सिद्धि भएका छन्।
प्रविधिले अध्ययन, अनुसन्धानमा ल्याएको ब्यापक परिवर्तनका कारण मानिसको जीवनमा सिर्जनशीलता र बौद्धिकताको ब्यापक विस्तार गर्नसमेत मद्दत पु¥याएको छ। वास्तवमा प्रविधि मानव जीवनको अत्यधिक सिर्जनात्मक प्रयोग हो भने यसलाई विज्ञानको सर्वोत्कृष्ट नतिजा पनि मान्न सकिन्छ।
विगत चार दशकदेखि चलिरहेको प्राविधिक क्रान्तिलाई विभिन्न नाम दिइएको छ, जस्तैः वैज्ञानिक–प्राविधिक क्रान्ति, नव–प्राविधिक क्रान्ति, तेस्रो प्राविधिक क्रान्ति, इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक क्रान्ति इत्यादि। यी सबैमा वैज्ञानिक प्राविधिक क्रान्ति सबैभन्दा उपयुक्त नाम प्रतीत हुन्छ किनभने यसबाट विज्ञान तथा प्रविधि दुबै क्षेत्रहरूमा भइरहेका सबै परिवर्तनहरूको प्रतिनिधित्व हुन्छ।
आमरूपमा मानिसहरू वर्तमान प्राविधिक क्रान्तिलाई औद्योगिक क्रान्तिकै एउटा विकसित रूप, त्यसको उच्च चरण मान्दछन् र त्यसैकारण त्यसमा उनीहरू कुनै विशेष नयाँ कुरा देख्दैनन्। हाम्रो बुझाइमा यो एउटा ठूलो गल्ती हो। नव–प्राविधिक क्रान्ति मुख्य रूपले परमाणुभित्रका शक्तिहरूमाथि, उदाहरणको लागि इलेक्ट्रोनको गति तथा अन्य प्रकारका क्वान्टम शक्तिको उपयोगमाथि आधारित छ। इलेक्ट्रोन शक्तिको प्रयोगमाथि आधारित प्रविधिलाई इलेक्ट्रोनिक वा माइक्रो इलेक्ट्रोनिक प्रविधि भनिन्छ। यसप्रकार यो त्यस औद्योगिक क्रान्तिभन्दा गुणात्मक रूपले भिन्न छ, जसले बाफ र विद्युतको शक्तिको प्रयोग गर्दथ्यो। वर्तमान क्रान्तिलाई कम्प्युटर क्रान्ति पनि भनिन्छ।
विश्वमा विज्ञान र प्रविधिको विकास तीव्र गतिमा भइरहेको छ । विज्ञान र प्रविधिको विकास र विस्तारका लागि विश्व आज प्रतिस्पर्धात्मक रूपमा अघि बढेको छ ।आजको युग नै विज्ञान र प्रविधिको हो । यी क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले यस क्षेत्रमा नयाँनयाँ आविष्कारहरू भइरहेका छन् । त्यसो त मानिसले परापूर्वकालदेखि विज्ञान तथा प्रविधिको विकास गरेको पाइन्छ ।तर पनि केही दशकयता यस क्षेत्रमा भएका विकास, विस्तार र यसको उपयोगिताले मानव जीवन सहज र सरल बन्दै गएको कुरा साँचो हो । विज्ञान तथा प्रविधिलाई विश्वको विकास र समृद्धिको मेरूदण्ड मान्नुपर्छ । विज्ञान र प्रविधिविनाको जीवन अधुरो र अपूरो बन्न पुगेको छ ।अहिले विश्व परिवेश हेर्ने हो भने जुन मुलुकले सबैभन्दा बढी विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न सकेको छ, त्यही मुलुक नै अग्रणि बन्दै गइरहेको छ । जसको ज्वलन्त उदाहरणको रूपमा हामी सयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनलाई लिन सक्दछौं ।
विज्ञान र प्रविधिलाई सदुपयोग गर्न सक्दा देशको औद्योगिक विकास हुन गई धेरैलाई रोजगार दिन सकिन्छ, युवावर्गको उचित व्यवस्थापन हुन सक्छ र समुन्नत नेपाल बनाउने दिशामा अघि बढ्न सकिन्छ। विज्ञान र प्रविधिको उचित प्रयोगले नै राष्ट्रको उन्नति हुन सक्छ भन्ने बुझाइबाट विज्ञान, प्रविधि र नवप्रवर्तनलाई बढावा दिने र यसको महìव बुझाउन हाम्रो विद्यालय पाठ्यक्रममा आवश्यक परिमार्जनसहित समावेश गरिनु आवश्यक छ। तदनुरूप उच्च शिक्षामा पनि सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गर्न सकिने हिसाबले पाठ्यक्रमको समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्छ।
कुनै पनि देशको विकास हुन त्यहाँका जनता आफै जाग्नुपर्ने हुन्छ । जनता आफै जागे भने देशको विकास हुन कठिन हुँदैन । उदाहरणका लागि फ्रान्स, बेल्जियम, हल्यान्डजस्ता देशमा त्यहाँको पुनर्निर्माण युगताका जनतामा एउटा जागरण नै आयो र विकास निर्माणमा देश अग्रसर हुँदै त्यहाँको विकास भयो । नेपालमा हाल यहाँबाट अधिकतम युवा विदेशिइरहेका छन्। त्यस्तो जनशक्तिलाई नेपालमा काम गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्छ र अधिकतम मानव संसाधन प्रयोग गर्नुपर्छ । साथै हाम्रो देशको पारम्परिक पद्धति तथा प्रविधिलाई बढावा दिन र प्रविधिको अधिकतम प्रयोग गर्नेतर्फ देशले ध्यान दिनु जरुरी छ । देशको आर्थिक, सामाजिक रूपान्तरण गरी समुन्नत नेपाल बनाउने कुरा सारा नेपालीको राष्ट्रिय संकल्प बन्न सक्नुपर्छ। सामाजिक, राजनीतिक हिसाबले समृद्धिको बाहकका रूपमा हामी सबैले आफूलाई उभ्याउन आवश्यक छ । राजनीतिक पार्टीहरूले अझ गहिराइका साथ विज्ञान, प्रविधि र नवप्रवर्तनलाई अँगाल्नुपर्छ । यस कार्यका लागि विषयविज्ञका विचार लिई उनीहरूका साथमा बसेर देश विकासको खाका कोर्न सकियो भने देशले चाहेको अपेक्षित प्रगति हासिल गर्न सक्नेछौ ।
विद्यार्थीहरूमा वैज्ञानिक चिन्तन, तार्किक विचारको विकास, प्रयोगशीलता, व्यावसायिक कौशल र समस्या–समाधानको क्षमता विकास गर्न स्टीम शिक्षाको महत्वपुर्ण भूमिक रहन्छ ।नेपालमा स्टीम शिक्षा अन्य शिक्षाको तुलनामा कम प्राथमिकतामा रहेको छ, तर यसको महत्त्व बढ्दै गएको अवस्था छ । नेपाली शिक्षण संस्थाहरूले वैज्ञानिक, प्रविधिक, यांत्रिकी, र गणितमा आधारित पाठ्यक्रमहरू विकस गर्दै आएका छन्। विज्ञान र प्रविधिले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। यो देशमा विज्ञान र प्रविधिका क्षेत्रमा कार्यरत नेपाली वैज्ञानिकहरूको संख्या बढेको छ र विज्ञान र प्रविधिका बिभिन्न क्षेत्रहरूमा नयाँ नयाँ आविष्कारहरु हुँर्दै आएका छन्। विज्ञान र प्रविधिका अध्ययनले नेपाललाई विश्वमा वैज्ञानिक समुदायको एक महत्वपूर्ण हिस्सा बनाएको छ ।
वर्तमान एक्काइसौँ शताब्दीमा विज्ञान–प्रविध क्रान्तिले ठूलो उथलपुथल लिएर आएको छ । यसबाट हामी सम्पुर्ण मानवजाति लाभान्वित हुनुपर्दछ र समग्र विश्वको विकासको लागि तप्पर हुनुपर्दछ अनि वर्तमान वैज्ञानिक–प्राविधिक क्रान्तिलाई निरन्तरता दिनुपर्दछ । तबमात्र विज्ञान र प्रविधिको विकासले व्यापकता पाउँछ, जसवाट विकास र समृद्धिको रुपान्तरणमा समेत टेवा पुग्दछ । ( उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरंगका प्रमुख कोष नियन्त्रक हुन् ।