आजको मौसम : कुन प्रदेशमा कस्तो ? - Chaitanya News
  • 2026-04-24
  • 01:10:15
  • बिहिबार,बैशाख १०, २०८३
  • आजको मौसम : कुन प्रदेशमा कस्तो ?

    आजको मौसम : कुन  प्रदेशमा  कस्तो ?

    काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    राति प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ।