काठमाडैँ– जल तथा मौसम विभागले हाल नेपालमा मूख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू– भागमा मौसम मूख्यतया सफा रहने जनाएको छ ।
यस्तै आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्यांग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै राती भने, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।