काठमाडौँ– कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज (मंगलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने तय भएको छ। बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।
आजको बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे छलफल हुनेछ। शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौँमा भेला भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा चैत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर(बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्।
सरकार र महासंघका प्रतिनिधिबीच पटक पटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्।