न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक आज बस्दै - Chaitanya News
  • 2026-11-17
  • 19:12:11
  • मंगलबार,मंसिर ०२, २०८३
  • न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक आज बस्दै

    न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक आज बस्दै

    काठमाडौँ– न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को बैठक आज बस्ने तय भएको छ। हिजो (आइतबार) कुनै सहमति नजुटेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो। सोही निष्कर्ष ननस्किएका कारण आज (सोमबार) बैठक बस्ने तय भएको हो।

    नेपाल बार एसोसियसनमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश सक्रिय भएका हुन्। हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीश रिक्त छन्।

    प्रधानन्यायाधीश राउत अध्यक्ष रहेको परिषदमा सदस्यहरू कानूनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का तथा सदस्यसचिव यमबहादुर बुढा मगर छन्।