यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-03
  • 15:00:20
  • आइतबार,बैशाख २०, २०८३
  • काठमाडौँ– हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज बिहान मौसममा केही सुधार देखिएको छ भने अन्य भू–भागमा मौसम आंशिक बदलीदेखि साधारणतया सफा रहेको छ।

    महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ।

    आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ।

    त्यस्तै आज राति कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ।

    कोशी प्रदेशको थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्यांग सहित राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।