सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो - Chaitanya News
  • 2026-07-05
  • 18:11:47
  • आइतबार,आषाढ २१, २०८३
  • सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो

    सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो

    काठमाडौँ– स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन प्रतितोला तीन हजार ६ सय रुपैयाँले बढेर एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी पाँच रुपैयाँले बढेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।