इलेक्ट्रोनिक पसलमा आगलागी , ३० लाख बराबरको क्षति - Chaitanya News
  • 2026-04-24
  • 01:10:16
  • बिहिबार,बैशाख १०, २०८३
  • इलेक्ट्रोनिक पसलमा आगलागी , ३० लाख बराबरको क्षति

    इलेक्ट्रोनिक पसलमा आगलागी , ३० लाख बराबरको क्षति

    काठमाडौं- धनुषाको एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ। क्षिरेश्वरनाथ नगरपालिका- ५ महेन्द्रनगर बजारमा रहेको इलेक्ट्रोनिक पसलमा बुधबार राति आगलागी भएको हो।

    महेन्द्रनगरको अमरचौकस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ३० लाख बराबरको सरसामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।

    मिथिला नगरपालिकाको वारुण्यन्त्र,प्रहरी र स्थानीयको सहयोगमा बिहीबार बिहान् ३ बजेतिर आगो नियन्त्रणमा आएको थियो। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।

    प्रहरीका अनुसार आगलागी हुँदा पसलमा फहेको फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर नष्ट भएको छ।