यो साता सेयर बजार ३२.६९ अंकले घट्यो - Chaitanya News
  • 2026-07-05
  • 19:48:21
  • आइतबार,आषाढ २१, २०८३
  • यो साता सेयर बजार ३२.६९ अंकले घट्यो

    यो साता सेयर बजार ३२.६९ अंकले घट्यो

    काठमाडौँ– यो साता सेयर बजार ३२.६९ अंकले घटेको छ। अघिल्लो साता २६६३.३० विन्दुमा रहेको नेप्से परिसूचक १.५१ प्रतिशत अर्थात् ४०.०९ अंक बढेर २७०३.३९ विन्दुमा पुगेको थियो। तर यो साता बजारमा खरिदकर्ता हाबी हुँदा नेप्से परिसूचक ३२ अंकले घटेको छ।

    यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिनमात्रै बढेर बन्द भएको थियो। साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ३३.३३ अंक घटेर २६७०.०६ विन्दुमा झरेको थियो।

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.०८ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५२ अंक घटेको थियो। नेप्सेसँगै सोमवार कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

    साताको दोस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको थियो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.३३ अंक घटेको थियो। नेप्सेसँगै मंगलबार पनि कारोबार रकम ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

    साताको तेस्रो कारोबारको दिन बुधवार नेप्से परिसूचक ९.६६ अंक बढेर २६७६.२८ विन्दुमा पुगेको थियो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.४४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५० अंक बढेको थियो। बुधवार नेप्से बढेको भए पनि कारोबार रकम भने घटेको छ। बुधवार ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

    साताको अन्तिम कारोबारको बिहीबार नेप्से परिसूचक ५.५७ अंक घटेर २६७०.७० विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०३ अंक घटेको छ। बिहीबार नेप्से घटेपनि कारोबार रकम भन बढेको छ।

    बुधबार करिब साढे ४ अर्बको शेयर खरिदबिक्री भएकोमा बिहीबार ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

    नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतम ा६ अर्ब ६६ करोडको शेयर किनबेच भएको बजारमा दैनिक औसतमा ५ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको छ।