सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ? - Chaitanya News
  • 2026-07-05
  • 19:48:41
  • आइतबार,आषाढ २१, २०८३
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?

    सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?

    काठमाडौँ– सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । हिजो (बिहीबार) को तुलनामा आज तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो।

    यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ।