काठमाडौँ– आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो (बुधबार) सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ। बुधबार १ हजार ८३५ रुपैयाँ रहेकोमा कारोबार भएको चाँदी आज एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।