प्रधानमन्त्री देउवा  धनगढी जाँदै , के छ कार्यक्रम ? - Chaitanya News
  • 2026-04-23
  • 20:30:58
  • बिहिबार,बैशाख १०, २०८३
  • प्रधानमन्त्री देउवा  धनगढी जाँदै , के छ कार्यक्रम ?

    प्रधानमन्त्री देउवा  धनगढी जाँदै , के छ कार्यक्रम ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज (बिहीबार) कैलालीको धनगढी जाँदै छन् ।

    कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने १६ औं संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न कांग्रेस सभापति समेत रहेका देउवा त्यसतर्फ जान लागेका हुन् ।

    प्रधानमन्त्री देउवाले दिउँसो २ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेसका कैलाली जिल्ला सचिव केशव मिश्रले जानकारी दिए । महोत्सव पुस २ गतेसम्म आयोजना हुने जनाइएको छ ।