आईपीओमा आवेदन खुल्यो, कस्तो छ कम्पनी ? - Chaitanya News
  • 2026-07-07
  • 05:13:46
  • सोमबार,आषाढ २२, २०८३
  • आईपीओमा आवेदन खुल्यो, कस्तो छ कम्पनी ?

    आईपीओमा आवेदन खुल्यो, कस्तो छ कम्पनी ?

    काठमाडौं–  (आईपीओ) मा आवेदन खुलेको छ। यसअघि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बाँडफाँट भइसकेको छ।

    कम्पनीले आजदेखि सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका लागि आवेदन खोलेको हो। न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

    अनलाइन प्रणाली मेरोसेयरमार्फत वैशाख २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ।

    पियोर इनर्जी कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सेयर सर्वसाधारण समूहको निष्कासन हुन लागेको हो।

    कस्तो छ कम्पनी ?

    पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो। कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन्।

    २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो। आयोजना ४३ विगाहा क्षेत्रमा फैलिएको छ।

    गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ८२ पैसा छ। प्रतिसेयर आम्दानी ३८ पैसा मात्रै छ। कम्पनी सञ्चित नोक्सानीमा छ । पुस मसान्तसम्म सञ्चित भएको नोक्सानी रकम २ करोड ३ लाख रुपैयाँ छ।

    कम्पनीले केयर रेटिङ्स नेपालबाट बीबी प्लस रेटिङ पाएको छ। यसले दायित्व पूरा गर्न मध्यमस्तरको रहेको जनाउँछ। कम्पनीको अध्यक्ष अक्षय गोल्याण हुन्। उनले ६४ प्रतिशत सेयर होल्ड गरेका छन्। कम्पनीको सीईओ प्रवीण अर्याल छन्।