काठमाडौं– अमेरिका र एसियाका शेयर बजारमा उछाल देखिएको छ। अमेरिकी बजारमा १२ प्रतिशतसम्म र एसियालीमा १० प्रतिशतसम्म वृद्धि भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेकाले बजारमा वृद्धि भएको ठानिएको छ।
ट्रम्पको यही घोषणाका कारण करिब चार दिनपछि शेयर बजारमा वृद्धि भएर हरियाली छाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रमुख अमेरिकी इन्डेक्स नेस्डेक १२.१६ प्रतिशतले वृद्धि भएको छ। एस एण्ड पी ५०० मा ९.५२ प्रतिशत र डाओ जोन्समा ७.८७ प्रतिशतले उछाल आएको छ।