काठमाडौँ– आज (बुधबार) बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने तय भएको छ। बैठक समितिको कार्यकक्षमा बस्नेछ ।
आजको बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा, समितिले गर्न लागेको पुरातत्त्व विभागको भ्रमणबारे छलफल हुने कार्यसूची रहेको छ।
यसकासाथै सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीबारे पनि बैठकमा छलफल हुने कार्यसूचीमा उल्लेख छ।