टी–२०आई प्रतियोगिता कप्तान इक्रमको अर्धशतकमा नेपाललाई कतारको मध्यम लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 00:57:30
  • शुक्रबार,जेठ २२, २०८३
  • टी–२०आई प्रतियोगिता कप्तान इक्रमको अर्धशतकमा नेपाललाई कतारको मध्यम लक्ष्य

    टी–२०आई प्रतियोगिता कप्तान इक्रमको अर्धशतकमा नेपाललाई कतारको मध्यम लक्ष्य

    काठमाडौं– हङकङमा आजदेखि सुरु भएको टी–२०आई प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल र कतारबीच भिडन्त भइरहेको छ।खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ। कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो।

    कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए। ५४ बलमा ५४ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे। शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरे।

    नेपालका लागि करण केसी, सोमपाल कामि, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १–१ विकेट हात पारे।पेस बलर नन्दन यादवले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका हुन्।

    नन्दन यसअघि एकदिवसीय टिममा परेपनि डेब्यू भने गर्न बाँकी छ। टी–२०आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन्।