सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मनीमा २५ जना पक्राउ - Chaitanya News
  • 2026-05-05
  • 17:08:36
  • मंगलबार,बैशाख २२, २०८३
  • सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मनीमा २५ जना पक्राउ

    सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मनीमा २५ जना पक्राउ

    काठमाडौं– जर्मनीमा सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा २५ जना पक्राउ परेका छन् । उग्र दक्षिणपन्थी तथा पूर्वसैन्य अधिकारीहरूको समूह राइक्सबर्गरले संसद् भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने योजना बनाएको आरोपमा जर्मन प्रहरीले २५ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ गर्नका लागि देशभरि तीन हजार प्रहरी परिचालन गरी एक सय ३० भन्दा धेरै ठाउँमा छापा मारिएको थियो।

    प्रहरीले राजकुमार हाइनरिक तेह्रौँ भनिने ७१ वर्षका जर्मन पुरुषलाई षड्यन्त्रको मुख्य योजनाकार भनेको छ। राइक्सबर्गर समूह हिंसात्मक आक्रमण तथा जातियतावादी षडयन्त्रका हल्ला फैलाउने विषयलाई लिएर लामो समयदेखि जर्मन प्रहरीको निगरानीमा थियो। त्यो समूहले आधुनिक जर्मन राज्यलाई समेत अस्वीकार गर्दै आएको छ।

    जर्मन गणतन्त्रको सत्ता उल्ट्याएर सन् १८७१ को जस्तो जर्मनी राष्ट्र निर्माणको षड्यन्त्रमा राइक्सबर्गर समूहका झन्डै ५० जना सक्रिय रहेका जर्मन प्रहरीका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।