संस्कार सहितको शिक्षा र प्रेरक अभिभावकत्व कार्यक्रम चैतन्य संवाद सम्पन्न - Chaitanya News
  • 2026-07-17
  • 08:31:26
  • शुक्रबार,साउन ०१, २०८३
  • संस्कार सहितको शिक्षा र प्रेरक अभिभावकत्व कार्यक्रम चैतन्य संवाद सम्पन्न

    संस्कार सहितको शिक्षा र प्रेरक अभिभावकत्व कार्यक्रम चैतन्य संवाद सम्पन्न

    धनगढी– धनगढीस्थित शिबनगरमा रहेको चैतन्य पाठशालामा  संस्कार सहितको शिक्षा र प्रेरक अभिभावक कार्यक्रम चैतन्य संवाद आज (शुक्रबार) सम्पन्न भएको छ।

    डाक्टर चिन्तामणि योगी प्रमुख अतिथि भएको कार्यक्रममा मीनराज अधिकारी , पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी, पिटिए अध्यक्ष ईश्वर गिरी, प्रधानाध्यापक ,पाठशालाका डाईरेक्टर कटक बहादुर सिहँ, पत्रकार अभिभावक , शिक्षक, विध्यार्थी लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै पाठशाला का डाईरेक्टर कटक बहादुर सिहँले विध्यार्थीको चौथर्फी बिकाश होस् भन्ने सन्देश दिनको लागि पाठशालाले यस्ता कार्यक्रम गरेको र आगामी दिनहरुमा पनि गरि रहने बताए।

    कार्यक्रम पाठशालाका अध्यक्ष ईश्वर गिरीको अध्यक्षमा भयको हो भने प्रमुख अतिथि डाक्टर चिन्तामणिनाथ योगी आध्यात्मिक गरु एंव हिन्दु विध्यापिठ विध्यालयका संस्थापक , र मीनराज अधिकारी नेपाल महर्षि वैदिक फाउन्डेसन निर्देशक रहेका थिए।

    कार्यक्रममा बौल्दै डा. चिन्तामणिना योगिले असल वातावरण तथा असल बन्नु नै राम्रो काम भएको बताए । यस्तै उनले  हामीले आफ्ना बालबालिका लाई संस्कार शहितको शिक्षा सिकाउन आवश्यक भएको बताए । उनले भने, संसारको भाग्यमानी मान्छे त्यो हो जसले संवाद गर्छ त्याहाँ असल परिवार ,समाज बन्छ।

    यसैगरी, कार्यक्रममा बोल्दै पाठशालाका अध्यक्ष गणेश प्रसाद जोसीले चैतन्य पाठशालाले आदर्स विध्यार्थी ,बनाउने अभियान र ,समर्ग धनगढी बनाउनमा आफु लागीरहेको बताए। शिक्षाले संवियता शिक्षाले विध्यार्थी मात्र नभयर समाजलाई सकारात्मक समाज बनाउनमा चैतन्य दिन रात नभनि लागेको उनले बताए। आजको दिनमा हाम्रो सबै भन्दा महत्त्व दिन भयको पनि उनले बताए। अहिले शिक्षा मा अरुलाई चिन्छन आफूलाई चिन्दैन आफूलाई चिन्ने शिक्षा चैतन्य पाठशाला ले दिने उनले विश्वास व्यक्त गरे।