पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए गभर्नर अधिकारी - Chaitanya News
  • 2026-07-05
  • 23:04:29
  • आइतबार,आषाढ २१, २०८३
  • पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए गभर्नर अधिकारी

    पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भए गभर्नर अधिकारी

    काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पाँचवर्षे कार्यकाल सकेर राष्ट्र बैंकबाट बिदा भएका छन्।

    २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा बिदा भएका हुन्। कार्यकक्षबाट बिदा भएसँगै अधिकारी राष्ट्र बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरेका छन्।

    उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको समेत बताए।

    उनले आफ्नो कार्यकालमा केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको भन्दै यसको स्वायत्ततालाई जोगाउन सहयोग गरेको भन्दै सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ताप्रति धन्यवाद समेत दिए।

    उनले आफ्नो कार्यकालभरमा सहयोग गर्ने राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर, वर्तमान डेपुटी गभर्नर, अवकाशप्राप्त गरेका कार्यकारी निर्देशक तथा कर्मचारी, वर्तमान कार्यकारी निर्देशक तथा कर्मचारी र सञ्चार जगतलाई धन्यवाद दिए।