सकारात्मक सोचस् जीवनको सफलता र प्रगतिको प्रमुख मार्ग - Chaitanya News
  • 2026-05-24
  • 20:50:21
  • आइतबार,जेठ १०, २०८३
  • सकारात्मक सोचस् जीवनको सफलता र प्रगतिको प्रमुख मार्ग

    सकारात्मक सोचस् जीवनको सफलता र प्रगतिको प्रमुख मार्ग

    तोमनाथ उप्रेती:
    उपसचिव,नेपाल सरकार
    सकारात्मक सोच जीवनमा सफलता र प्रगतिको कुञ्जी हो। सकारात्मक सोच भएका व्यक्तिहरू आफ्नो लक्ष्यमा छिटो पुग्दछन् र जीवनमा नयाँ उर्जा र क्षमता सिर्जना हुन्छ। यसले व्यक्तिको स्वाभिमानमा वृद्धि, नेतृत्वको विकास, र समाज र व्यवसायमा उन्नति ल्याउँछ। नकारात्मक सोचले नकारात्मक परिणाम ल्याउन सक्छ, त्यसैले सोच परिवर्तन गर्न जरुरी छ। सकारात्मक सोच राख्दा, व्यक्ति, परिवार, समाज र राष्ट्रको विकास हुन्छ। सोचको परिवर्तनले ब्यवहार र जीवनलाई सुधार्न मद्दत पुर्याउँछ। सकारात्मक सोचलाई हतियारको रूपमा प्रयोग गरेर, जीवन र जगतलाई सुन्दर र प्रगतिशील बनाउन सकिन्छ।

    वास्तविक र प्रभावकारी सकारात्मक सोचले सार्वजनिक जीवनमा साँच्चै ठूलो सकारात्मक प्रभाव पार्छ ।सकारात्मक सोचको शक्तिले हामीलाई आफ्नो लक्ष्यमा प्रतिबद्ध बनाउँछ । परिस्थिति जस्तोसुकै भए पनि प्रत्येक व्यक्तिले आफूमा सकारात्मक सोच उत्पन्न सिर्जना गर्न सक्छ ।सकारात्मक सोचका चिन्तकहरूले परिस्थितिलाई यथार्थमा हेर्ने प्रयास गर्छन् । आफूले जे सोचिन्छ, जेमा विश्वास गरिन्छ त्यो हुन्छ । त्यसैले असल सोचियो, भने नतिजा असल हुन्छ र जीवन सफल बन्दै जान्छ अनि खराब सोचियो भने नतिजा खराब नै हुन्छ र जीवन असफल बन्दै जान्छ। मनलाई खुसि बनाउन सकारात्मक सोच राख्न आवश्यक हुन्छ । मनलाई सकारात्मक सोच ल्याउन प्रशिक्षण दिने तथा नकारात्मक विचारहरु मनबाट हटाउनुपर्छ । नकरात्मक भावनालाई मनदेखि हटाएर आफ्नो मनमा भएको तनाव कम गर्नुपर्छ । सोचकै कारण मानिस सकारात्मक हुन्छ । नकरात्मक सोचका कारण व्याक्ति व्याक्तिमा मनमुटाव, साथीभाईमा झै–झगडा, छरछिमेकीसँग झगडा, बिभिन्न किसिमका द्वन्द्व भएका छन् । सामान्य झगडादेखि विश्वयुद्धसम्म नकरात्मक सोचका कारण भएका हुन् । त्येसैले प्रत्येक मानिसहरुमा सकारात्मक सोच हुन जरुरी छ । सोच नकारात्मक भयो, अनावश्यक शङ्का गरियो भने त्यसले सिङ्गो परिस्थिति बिगार्छ । नामले मात्र कोही पनि महान् हुँदैनन् कामले महान् बन्नुपर्छ ।

    सकारात्मक सोच र भावनाले मानिसको जीवनमा महत्वपूर्ण भूमिका खेल्छ। यसले व्यक्तित्वमा उत्साह, आशावाद, विनम्रता, अनुशासन, इमानदारी, दया, र करुणा जस्ता सद्गुणहरू विकास गर्छ, जसले सार्वजनिक सेवामा प्रभावकारीता र आदर्शता ल्याउँछ। सकारात्मक सोचले मानसिक शक्ति बढाउँछ र जीवनलाई सहज र प्रगति गर्न मद्दत गर्छ। यसका विपरीत, नकारात्मक भावनाहरू जस्तै भय, घृणा, लोभ, र द्वेषले मानसिक स्थिति कमजोर बनाउँछ, जसले तनाव, निराशा, र असफलता ल्याउँछ। सकारात्मक सोचले जीवनमा नयाँ दृष्टिकोण ल्याएर व्यक्ति र समाजलाई प्रगति र खुशीको दिशामा अघि बढाउँछ। यसले मानिसलाई लक्ष्यमा पुर्याउँछ र जीवनको कठिनाइहरूलाई पनि सहनशीलता र खुशीका साथ पार गर्न मद्दत गर्छ।

    सकारात्मक भावनाले मानिसको सार्वजनिक जीवनलाई अनुशासित, सन्तुलित र सफल बनाउँछ। यसले व्यक्तिमा आन्तरिक शक्ति, शान्ति, समृद्धि, र नैतिकता ल्याउँछ, जसले समाज र परिवारमा सकारात्मक वातावरण सिर्जना गर्छ। सकारात्मक सोचले मानसिक ऊर्जा प्रवाह गर्दै व्यक्तिलाई सक्रिय र सफल बनाउँछ, जसको उदाहरण थोमस एल्भा एडिसनको असफलतामा पनि सफलता प्राप्त गर्ने यात्रा हो। योग, व्यायाम, स्वस्थ खाना र सकारात्मक सोचले मानसिक शक्ति बढाउँछ र विवेकपूर्ण कार्य गर्न मद्दत गर्छ।

    सकारात्मक सोचले समाजमा सकारात्मक प्रभाव पार्दछ र जीवनलाई उज्यालो, खुसी र सफल बनाउँछ। नकारात्मक सोचले व्यक्तिमा तनाव, निराशा र असफलता ल्याउँछ, जसले समाज र राष्ट्रमा नकारात्मक प्रभाव पुर्याउँछ। त्यसैले, सकारात्मक सोच राख्नु आवश्यक छ, जसले व्यक्ति, समाज र राष्ट्रलाई प्रगति र समृद्धिमा पुर्याउँछ। सकारात्मक सोच अभ्यास गर्ने बानीले जीवनलाई बदल्न सक्षम बनाउँछ, र यसले हाम्रो जीवनलाई सुखी र सफल बनाउँछ।

    सकारात्मक सोच हाम्रो समाज र हाम्रो जिवनको अभिन्न अंग हो । आफ्नो जिन्दगि र आफुले गरेका सकारात्मक कार्यको मुल्याङकन गरौ । सकारात्मक सोचले जिन्दगि परिवर्तन गर्न सक्छ । सकारात्मक सोच बनाउन बौद्धिक कितावहरु पढाउने र पढ्ने गर्नुपर्छ । ब्यक्तिको सोचाईले उस्को जिवन स्तर निर्धारण गर्दछ । सकारात्मक सोचाईले कर्म आचरणमा सुधार ल्याउनुका साथै ज्ञानी बनाईदिन्छ ,सकारात्मक सोचाईले प्रगति, उन्नति र विकासको नतिजा ल्याउछ । यो जगतमा सकारात्मक सोचको धेरै ठुलो महत्व छ । हामिहरुले आफ्ना समस्याको समाधान सकारात्मक तरिकाले गर्नुपर्छ । हरेक ब्याक्तिको मनोभावना र शैलि सकारात्मक हुनुपर्दछ । जबसम्म हामीले आफ्नो सोच र दृष्टिकोणमा परिवर्तन गर्दैर्नौ । सबैको सोच सकारात्मक हुन आवश्यक छ । कसैको कार्यको नकरात्मक सुन्न चाहादैन आलोचना मात्र राम्रो सन्देश जादैन । माया प्रेमलाई खुलेर व्यक्त गरिने चिज प्रशंसा हो । यो व्यबहार मलाई ठिक छैन भन्नेले अरुलाई नराम्रो व्यबहार गर्नुहुदैन । दिमागमा सकारात्मक सोच भएन भने नकारात्मक सोचले आफ्नो ठाउँ बनाईदिन्छ । असल सँगतले प्रशासकहरुको असल मान्छे बन्न सिक्छ । जिवन परिवर्तनको लागि सहि र सकरात्मक सोच हुन आवश्यक छ । नकरात्मक सोच त्यागेर सकारात्मक सोच कसरि बढाउने भनेर हामिले बिचार गर्नुपर्छ । सकारात्मक बन्न हामिले सधै नेगेटिभ सोचको सधै आलोचना गर्नु पर्दछ । अरूको कुरा नकाट्ने, अरूको कुरा सुन्ने, अरूले मन पराउने कुरा बोल्ने, मुसुक्क हाँसेर बोल्ने, मिठास शब्द प्रयोग गर्ने, अरूको नाम लिएर प्रशंसा गर्ने, अरूलाई मान दिने व्यक्ति धेरैका सामु लोकप्रिय हुन सक्छ । नकारात्मक सोचाईले लुटपात, ठगी, अपराध गर्न सक्छ ।सकारात्मक सोच र बिचारले जन्माएका धारणाहरु मर्दैनन । व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ । संसार भरको जिवको अस्तित्व कायम राख्न पनि हाम्रो सोच राम्रो हुनुपर्छ । यदि सकारात्मक सोच राखेर कार्य गरेन भने त्यो सफल हुन सक्दैन ।

    सकरात्मक सोचमा लगानि गरि मन मस्तिकलाई सहि सोच लिएर आचरण व्यवहारमा सुधार, र सहयोगी भावनालाई हामिले अगाल्नुपर्छ ।सकारात्मक सोच नै जिवनको सारथि हो । सकारात्मक सोचले मानिसलाई खोजि गर्ने अवधारणाको विकास गर्छ । हामिले सफल हुनका लागि मिहिनेत गर्नुपर्छ । नैतिक आदर्शवान बन्न बनाउन मानिस भएर जन्मेपछि सकारात्मक सोच हुनुपर्छ । यसले आत्मविश्वास बढ्छ । आफ्नो देशमा केहि गरौ भन्ने सोच राख्नुपर्छ । आशा विश्वास र आत्मबल बढाउन सकारात्मक सोच हुनुपर्छ । सकरात्मक सोच भनेको आम मानिसको मानसिकता र सोचमा जग बसाल्ने माध्यम हो । सकारात्मक सोचको जग बलियो भएमा मात्र ठुलो र सफल बन्न सक्छ । हामिले जिवनमा स्वाभिमानी हुनुपर्छ । हामिले सोच्नु , बिचार गर्नु तथा व्यक्त गर्न सकिन्छ । सकारात्मक सोचले सकरात्मक छबि बनाउछ । सकारात्मक सोच प्रेरणाको श्रोत बन्न सक्छ । हिम्मत नहारि केहि गर्न सकेमा मानिस मानिस बन्छ । हाम्रो सोच हामिले हेर्ने नजरमा भर पर्छ । प्रशासकहरुको जति संघर्ष गर्छ त्यति नेगेटिभ बन्छ । जिवनलाई सकारात्मक ढंगले हर्न आवश्यक छ ।

    सकारात्मक लक्ष्य राख्दा प्रतिफल सकारात्मक हुन्छ । हामिले सिकेको ज्ञान , सिप त्यतिबेला सम्म महत्वपुर्ण हुदैन जबसम्म ज्ञानलाई ब्यबहारमा ल्याउन सकिदैन । हामिले सोच बिचार गरेर कार्य गरौ । एउटा जिम्मेवार व्याक्तिको रुपमा आफुलाई चिनाउ । मानवले कहिले पनि हरेश खानु हुदैन । हिम्मत साथ अगाडि बढनुपर्छ । कठिन परिस्थितिलाई पनि सहज सोचेर सजिलै कठिनाईहरु पार गर्न सकिन्छ । मानिस सोच्ने क्षमता भएको प्राणि पनि हो । असल र सफल बन्नको लागि सकारात्मक दृष्टिकोण र निरन्तर अभ्यास गर्नुपर्छ । मानिसको बिचार बाट चरित्र निर्माण हुन्छ । आफ्नो जिबन बनाउनका लागि नकरात्मक भावनाले छुन दिनु हुदैन । जिवनमा सत्य कार्य गर्नुपर्छ । जगतमा सकारात्मक सोच फैलाउन ऋषिमुनिहरुले त्याग तपस्या गरी जगतलाई शिक्षा दिएका थिए । सकारात्मक सोच बाट सत्य तत्वको ज्ञान गरि मुक्तिको मार्ग खोज्नु पर्थ्यो । हामिले जिवनलाई गहिराई बाट हेर्नु पर्छ । बुद्दि ,क्षमता, योग्यताको आधारमा असल कार्य गर्नुपर्छ । सबैलाई आफ्नो कर्तव्य प्रति निष्ठाबान हुने ज्ञान हुनुपर्छ ।

    जीवनमा सफल हुने क्षमता विकासका लागि सकारात्मक सोच महत्त्वपूर्ण कारक हो भन्न सकिन्छ । मानिसको मन आत्मादेखि खुसि बनाउने माध्यम तथा मस्तिष्कमा सकारात्मक सोचबाट वास्तविकतामा परिवर्तन गर्न सक्ने शक्ति हुन्छ । त्यसलाई सबैले स्वीकार गर्नुपर्छ । अधिक आनन्द, खुसी र तुलनात्मक रूपमा राम्रो स्वास्थ्य हुन्छ । यसले तनावको स्तर कम गर्न मद्दत गर्दछ । प्रत्येक प्रशासकहरुको आफुले चाहेका कुरा हासिल गर्न आफ्नो मनबाट सोच्छ मनबाट सोचेर काम गरेर सफल हुन्छ । नकारात्मक सोच भएका व्यक्तिदेखि सिङ्को समाज, राष्ट्र र विश्वलाई यसले प्रभाव पार्दो रहेछ । सकारात्मक सोचले जीवनलाई उज्यालो, खुसि र सफल बनाउँछ । सकारात्मक सोच राख्नु मानिसको एक कला हो । अरुको हितको बारेमा कार्य गर्दा मन देखि खुसि भएर गर्नुपर्छ ।

    सफलताको मूल सूत्र नै सकारात्मक सोच हो । त्यसैले सफलताको लागि सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ । हरेक व्यक्तिको सफलता अरुको हातमा छैन, आफ्नै मनमष्तिष्कमा छ । मात्र मन र मष्तिष्क सकारात्मक हुुनुपर्छ । सकारात्मक सोच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ । यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढ्रदै जान्छ ।सकारात्मक सोचको मुहान हामी आफैँ हौँ ।

    सकारात्मक सोच र बिचारले जन्माएका धारणाहरु मर्दैनन । बुद्ध, पुरुष,महापुरुषहरु मरेपनि उनीहरुको दृष्टिकोण अझै जीवितै छन् । व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ । संसार भरको जिवको अस्तित्व कायम राख्न पनि हाम्रो सोच राम्रो हुनुपर्छ । यदि सकारात्मक सोच राखेर कार्य गरेन भने त्यो सफल हुन सक्दैन । प्रशंसा भनेको अरुको राम्रो कामको वारेमा गरिने चर्चा हो । कसैको प्रशंसाले कसैलाई राम्रो कार्य गर्न प्रेरित गर्दछ । कसैको कार्यको नकरात्मक सुन्न चाहदैन आलोचना मात्र राम्रो सन्देश जादैन । माया प्रेमलाई खुलेर व्यक्त गरिने चिज प्रशंसा हो । यो व्यबहार मलाई ठिक छैन भन्नेले अरुलाई नराम्रो व्यबहार गर्नुहुँदैन । दिमागमा सकारात्मक सोच भएन भने नकारात्मक सोचले आफ्नो ठाउँ बनाईदिन्छ । असल सँगतले प्रशासकहरुको असल मान्छे बन्न सिक्छ । जीवन परिवर्तनको लागि सही र सकरात्मक सोच हुन आवश्यक छ । नकरात्मक सोच त्यागेर सकारात्मक सोच कसरि बढाउने भनेर हामिले बिचार गर्नुपर्छ ।

    जो व्यक्ति जीवनप्रति सकारात्मक सोचाई राख्छ, त्यही व्यक्तिले जीवनमा सफलता पाउन सक्छ । नकारात्मक सोचाई र विचारहरुलाई सकारात्मकमा परिवर्तन गर्न सके हामीले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवन दुवै ठाउँमा सफलता पाउन सक्छौँ । सकारात्मक सोचमा ठूलो शक्ति छ । यसको ठीक विपरीत नकारात्मक सोचले शक्ति क्षय गरिदिन्छ ।सकारात्मक सोचका लागि केही प्रक्रियाहरु सुझाइएका छन् । सर्वप्रथम त म सकारात्मक छु, अथवा आजैबाट म सकारात्मक हुन्छुबाट सुरु गरौँ । हरेक दिन बिहान सकारात्मक सोचाइबाट दिनको सुरुवात गरौँ । अरुलाई कृतज्ञता र धन्यवाद व्यक्त गर्ने, दानी बन्ने, स्वास नियन्त्रण गर्ने, सकारात्क कल्पना गर्ने र ध्यान गर्ने जस्ता केही उपायहरु सकारात्मक सोचका आधारभूत तत्वहरु भनिएका छन् । यस्ता कुरा पढ्नेभन्दा अनुशरण गर्ने गरौँ । जहिले पनि आफूले अरुबाट खुशी या केही सामान पायाँैं भने त्यो खुसी वा सामान दिने व्यक्तिलाई धन्यवाद व्यक्त गर्नुपर्छ, यसले मनमा नराम्रो सोचहरु प्रकट हुन दिँदैन । बरु मनमा मायाको भावानाहरु प्रकट हुन दिन्छ । जहिले पनि बिहान उठ्ने बितिकै जीवनमा आफुले पाएको खुशीहरुको लागि संसारप्रति आभारी हुँदै धन्यवाद व्यक्त गर्ने गर्नु उचित हुन्छ ।

    ध्यान सकारात्मक सोचको सबैभन्दा ठूलो मुहान हो । ध्यान गर्दा सबैभन्दा बढी सकारात्मक विचारहरु आउने गर्छ । ध्यान गर्दा आफूमा भएको सबै नकारात्मक विचारहरुलाई मन र दिमागबाट निकाल्दै सकारात्मक विचारहरु सोच्न सक्छौं । एउटा शान्त ठाउँमा बसेर आँखा चिम्लेर विस्तारै विस्तारै श्वास फेर्नुस् र मनमा भएका नराम्रा विचारहरु विस्तारै विस्तारै श्वाससँगै बाहिर फाल्नुस् । राम्रा विचारहरु श्वाससँगै मन भित्र हाल्नुस् । आहा यो आनन्द अकल्पनीय छ ।नकारात्मक सोचले शरीरमा रोगको प्रतिरक्षा प्रणालीलाई समेत कमजोर बनाउँछ। त्यसैले तनावमा भएका व्यक्ति रोगसँग लड्न सक्दैनन्।

    सकारात्मक भावनाले हाम्रो मानसिकतामा राम्रो, आत्मविश्वास, ओजपूर्ण र आनन्दको भावना पनि ल्याइदिन्छ । यसले हामीलाई जीवनप्रति उत्साह र आदर्श जगाइदिन्छ । हामीलाई नयाँ परिप्रेक्ष्य देख्न र समस्याहरूसँग जुझ्न तथा संघर्ष गर्ने यथेष्ट शक्ति प्रदान गर्दछ । सकारात्मक भावना ल्याएर हामी जीवनको मुख्य दिशामा आगामी कार्यदिशा देख्न सक्छौँ र त्यसमा प्रयासरत हुन सक्छौँ । अवश्य नै सकारात्मक भावनाले आशाका किरणहरू जगाइदिन्छ र देखाइदिन्छ । मनोबललाई प्रचुर मात्रामा बढाइदिन्छ, उच्च बनाइदिन्छ । तसर्थ यो हरेकका लागि अतिरिक्त प्रेरणादायी शक्ति हो । यसले गर्दा हामीलाई जीवनप्रति गर्व र प्रेरणात्मक शक्ति प्रदान गर्दछ । जसले हाम्रो आत्मविश्वास अत्यधिक बढाउँछ र हामीलाई कुनै पनि चुनौतीलाई स्वीकार गर्न मद्दत पु¥याउँछ । यसबाट प्रगतिको खुड्किलो सुरुवात हुन्छ । त्यस्तै हाम्रो व्यक्तित्व विकास र सामाजिक सम्बन्ध अझ सुदृढ हुन्छ ।

    सकारात्मक सोच र व्यवहारले जीवनमा शान्ति, सफलता र आत्मविश्वास ल्याउँछ। योग र प्राणायाम जस्ता अभ्यासहरूले मानसिक शान्ति र सकारात्मकता बढाउँछन्, जसले आत्मउन्नति र आत्मअवबोधनमा मद्दत पुर्याउँछ। सकारात्मक सोचले मानिसलाई आत्म(ऊर्जा, उत्साह, र नयाँ जोशको साथ जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ। यसले व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यलाई सुदृढ बनाउँदै, समाज र परिवारमा सकारात्मक वातावरण सिर्जना गर्छ।

    सकारात्मक सोचको अभ्यासले व्यक्तिमा सकारात्मक दृष्टिकोण ल्याउँछ, जसले कठिन परिस्थितिमा पनि खुशी र सफलताको मार्गमा पुर्याउँछ। नकारात्मक सोच हटाएर सकारात्मक सोचलाई अंगीकार गर्दा, व्यक्ति र समाजमा सकारात्मक प्रभाव पर्छ। समय र संघर्षका अनुभवले सिकाउने पाठहरूलाई सकारात्मक रूपमा लिँदा, जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ।सकारात्मक सोचले व्यक्ति र समाजको प्रगति, उन्नति र विकासमा ठूलो भूमिका खेल्छ। यसले जीवनलाई अर्थपूर्ण, सम्मानजनक र सुखमय बनाउँछ। सकारात्मक सोचको निरन्तर अभ्यासले जीवनमा समृद्धि र खुशी ल्याउँछ, र समाजमा सकारात्मक परिवर्तनको स्रोत बन्न सक्छ।
    (उप्रेती नेपाल सरकारका उपसचिव हुन् । )