गठबन्धनको निरन्तरताका लागि देउवाभन्दा अर्को उपयुक्त पात्र छैन : शशांक कोइराला - Chaitanya News
  • 2026-04-23
  • 20:29:20
  • बिहिबार,बैशाख १०, २०८३
  • गठबन्धनको निरन्तरताका लागि देउवाभन्दा अर्को उपयुक्त पात्र छैन : शशांक कोइराला

    गठबन्धनको निरन्तरताका लागि देउवाभन्दा अर्को उपयुक्त पात्र छैन : शशांक कोइराला

    काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नवनिर्वाचित सांसद शशांक कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलमा सहयोग गर्ने वचन दिएका छन्। मंगलबार देउवालाई भेटेर कोइरालाले संसदीय दलमा सहयोग गर्ने वचन दिएका हुन्।

    देउवाले सहयोग मागेपछि आफूले सधैँ सहयोग गर्दै आएको कोइरालाले जवाफ दिएका थिए। गठबन्धनको निरन्तरताका लागि कांग्रेसमा देउवाभन्दा अर्को उपयुक्त पात्र नभएको उनको भनाइ छ।

    देउवासँगको भेटमा आफूले मन्त्री हुनुपर्छ भनेको र यसमा उनी सकारात्मक रहेको शशांकले बताए। कोइरालाले आफूलाई कृषि मन्त्री भएर काम गर्ने इच्छा भएको बताए।

    शशांकले शेखर कोइराला दाइ भए पनि अहिले संसदीय दलको नेतामा उपयुक्त पात्र शेरबहादुर देउवा नै रहेको बताए। संसदीय दलको नेतामा उठ्ने भनेर चर्चामा रहेका महामन्त्री गगन थापालाई दलको नेता बन्न् गाह्रो रहेको उनले बताए।