सेयर बजारमा एक अंकलको वृद्धि, बढ्यो कारोबार - Chaitanya News
  • 2026-07-05
  • 23:03:27
  • आइतबार,आषाढ २१, २०८३
  • सेयर बजारमा एक अंकलको वृद्धि, बढ्यो कारोबार

    सेयर बजारमा एक अंकलको वृद्धि, बढ्यो कारोबार

    काठमाडौं– साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा एक अंकलको वृद्धि भएको छ ।

    अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से ३.३५ अंक बढेको हो। सो अंकको वृद्धिपछि नेप्से २७०३ अंकमा कायम भएको छ। दिउँसो कारोबारका क्रममा बजार २७३२ अंकसम्म पुगे पनि टिक्न सकेन।

    बजारमा कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो। कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो।

    सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङ ०.९६ प्रतिशत (१३ अंक) बढेपछि समग्र बजारको वृद्धिदर धनात्मक भएको हो। धेरैजसो सेक्टर घटेका छन्। बैंकिङका अलवा अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढे।

    व्यापार सेक्टर सबैभन्दा धेरै १.६६ प्रतिशत घट्यो। विकास बैंक ०.१७, फाइनान्स १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन ०.९८, माइक्रोफाइनान्स ०.३७ प्रतिशत घटे।

    ग्रीन भेन्चर्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। त्यस्तै सुपरमादीको ६.९५, राधि विद्युतको ४.९०, एनएलजी इन्स्योरेन्सको ४.६३ प्रतिशत बढ्यो।

    उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घट्यो। विन नेपाल लघुवित्तको ६.१ तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र राधि विद्युत् क्रमशः अगाडि रहे।