सुनको मूल्य तोलामा १ लाख ८० हजार रुपैयाँ नाघ्यो,चाँदी कतिमा हुँदैछ कारोबार कति ? - Chaitanya News
  • 2026-07-05
  • 23:03:19
  • आइतबार,आषाढ २१, २०८३
  • सुनको मूल्य तोलामा १ लाख ८० हजार रुपैयाँ नाघ्यो,चाँदी कतिमा हुँदैछ कारोबार कति ?

    सुनको मूल्य तोलामा १ लाख ८० हजार रुपैयाँ नाघ्यो,चाँदी कतिमा हुँदैछ कारोबार कति ?

    काठमाडौँ– आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ। हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो। यस आधारमा बिहीबार छापावाल सुनको मूल्य १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको हो।

    यसैबिच चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।