काठमाडौं– अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आज (मंगलबार) १६.९५ अंकले घटेको छ ।
बजारको अंकसँगै कारोबार रकम घटेको छ। अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको भयो। ४२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो। व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन्। विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार सेक्टर ३.८ प्रतिशत बढ्यो।
बैंकिङ ०.७४, विकास बैंक ०.९५, फाइनान्स १.८४, होटल तथा पर्यटन १.७४, हाइड्रोपावर ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन ०.५२, माइक्रोफाइनान्स १.१०, निर्जीवन बीमा ०.३८ र अन्य समूह १।३९ प्रतिशत घटे।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। त्यस्तै राधि विद्युत्को ४.२८, सयपत्री हाइड्रोको ४.१५, विशाल बजारको ४.०६ प्रतिशत मूल्य बढ्यो।