काठमाडौं– सुनको भाउले तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपनि नेपाली बजारमा पनि प्रभाव परिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस मूल्य ३ हजार १ सय अमेरिकी डलर नाघेको छ।
नेपाली बजारमा सोमबार भाउ प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिनको तुलनामा आज ११ सय रुपैयाँ बढेको हो। आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो।
चाँदीको मूल्य १० बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ कायम भएको छ।