निर्वाचन पछि पहिलो पटक आज एमाले केन्द्रीय कार्यालय बैठक बस्दै - Chaitanya News
  • 2026-06-22
  • 13:00:50
  • सोमबार,आषाढ ०८, २०८३
  • निर्वाचन पछि पहिलो पटक आज एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

    निर्वाचन पछि पहिलो पटक आज एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

    काठमाडौं– हालै सम्पन्न निर्वाचन पछि पहिलो पटक आज नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्न लागेको छ। कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको हो।

    दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक बस्न लागेको हो। आजको बैठकले केन्द्रीय सचिवालय बैठकको एजेन्डा तय गर्ने छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गरेको छ।

    बैठकमा समानुपातिकको बन्द सूचीबारे पनि आवश्यक छलफल हुने बताइएको छ।