नेपाल राष्ट्र बैंकले आज २५ अर्बको तरलता खिच्दै - Chaitanya News
  • 2026-07-06
  • 00:35:05
  • आइतबार,आषाढ २१, २०८३
  • नेपाल राष्ट्र बैंकले आज २५ अर्बको तरलता खिच्दै

    नेपाल राष्ट्र बैंकले आज २५ अर्बको तरलता खिच्दै

    काठमाडौँ – आज (आइतबार) नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता समस्या समाधान गर्न निक्षेप संकलन बोलकबोलमार्फत २१ दिन अवधिको सो बराबरको तरलता खिच्न लागिएको हो।

    यसका लागि आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने बैंकले जनाएको छ। उक्त निक्षेप संकलनको आजै निष्कासन हुने समेत बैंकले जनाएको छ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

    निक्षेप संकलनको साँवा ब्याज आगामी बैशाख ७ गते परिपक्व हुनेछ। यस निक्षेप संकलन केन्द्रीय बंँक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।