काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने, आज (आइतबार) बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै दिउँसो भने मधेसबाहेक ६ वटा प्रदेशमा आंशिक बदली हुने पूर्वानुमान छ। मधेस प्रदेशमा भने मौसम सफा रहने छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
यसैगरी राति पनि मधेसबाहेक ६ वटै प्रदेशका पहाडी र हिमाली भू–भागमा मौसम आंशिक बदली हुनुका साथ वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाकारी दिए।