बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै नेपाल राष्ट्र बैंक - Chaitanya News
  • 2026-07-06
  • 02:12:42
  • आइतबार,आषाढ २१, २०८३
  • बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै नेपाल राष्ट्र बैंक

    बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै नेपाल राष्ट्र बैंक

    काठमाडौँ– आज (बुधबार) नेपाल राष्ट्र बैंकले लगानी गर्ने योग्य रकम (तरलता) व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोल मार्फत ३० अर्ब रुपैयाँ निक्षेप २१ दिनको लागि उठाउन लागेको हो।

    राष्ट्र बैंकले बुधवार त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव माग गरेको छ। त्यसको लागि बुधवार ३ बजे अनलाइन मार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले बजारबाट उठाएको ३१ अर्बको साँवा तथा ब्याज चैत ३१ गते भुक्तानी गर्ने छ।