लोकसेवा तयारी गर्दा धैर्यता र लागनशीलता हुन जरुरी छ - Chaitanya News
  • 2025-05-15
  • 16:33:40
  • बिहिबार,जेठ ०२, २०८२
  • लोकसेवा तयारी गर्दा धैर्यता र लागनशीलता हुन जरुरी छ

    लोकसेवा तयारी गर्दा धैर्यता र लागनशीलता हुन जरुरी छ

    लोकसेवा परिक्षामार्फत् सरकारी सेवामा प्रवेश गर्ने चाहाना सबैमा हुन्छ । यही चाहानालाई साकार पार्न हजारौं परिक्षार्थिहरु परीक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही परिक्षार्थिहरुले यो कठिन झमेलामा फस्न चाहदैनन् र लोकसेवा पढ्न र लोकसेवाको फर्म भर्ने झन्झटबाट  मुक्त हुन्छन् । तर, कुनै असफल परीक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासिल गरिछाड्छन् ।त्यसो भए लोकसेवा परीक्षामा सफल हुनुको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले  शाखा अधिकृत दल बहादुर धामीसँग गरेको संवादको सम्पादित अंश:

    1. तपाईं शाखा अधिकृतको रुपमा नेपाल सरकारको निजामति सेवामा नाम निकाल्न सफल हुनु भएको छ, कस्तो महसुस भइरहेको छ ?
    हामी सरकारी सेवामा प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि शाखा अधिकृत भनेको अधिकृत स्तरको सेवमा प्रवाह लिने स्थान जस्तै हो । त्यो भएकाले शाखा अधिकृतमा सिफारीस हुन पाउदा एक खालको गौरवको महसुस भएको छ ।

    2. यो सफलता प्राप्तिका लागि यहाँले कसरी तयारी गर्नुहुन्थ्यो ?
    म विगत आठ वर्ष देखि नै निजामति सेवामा आवद्ध थिए ।अफिस हुने भएकाले मैले प्रत्यक्ष क्लासहरु भने लिन भ्याइन, तर, चैतन्य एकेडेमीले दिने शनिबारीय श्रृंखलाहरुमा सहभागी हुने मौका चैतन्यले दियो र परीक्षा आउनु भन्दा केही अगाडी चैतन्यमा नै टेस्ट परीक्षाहरु दिने मौका पनि पाईयो, यसले गर्दा मलाई फाइनल परीक्षामा धेरै सहयोग पुग्यो ।

    3. अध्ययनका लागि कति र कुन समय छुट्याउनु हुन्थ्यो ?
    दिउसो अफिस हुने भएकाले मैले पढाईको लागि बिहान र बेलुकाको समयलाई छुट्याएको थिए । बिहान चाडै उठेर व्यायम गरेर ५–६ घण्टा सधै पढाईलाई दिन्थे । र बेलुका पनि २–३ घण्टा पढेर मात्रै सुत्ने गरेको थिए । दिउसो अफिसमा पनि काम नभएको टाइममा पर्ने नै गेको थिए ।

    4. लोकसेवा तयारीका क्लास र पुस्तकले तयारीमा कस्तो टेवा पुग्छ ?
    अहिले प्रतिस्पर्धाको जमना छ । त्यो प्रतिस्पर्धामा भिड्नको लागि लोकसेवा तयारीका क्लासहरु र किताबले निकै सहयोग पुग्छ । लोकसेवा परिक्षामा लोकसेवाको नियम भित्र रहेर लेख्नुपर्ने हुन्छ । हामीलाई कसरी लेख्ने भन्ने ज्ञान हुँदा हुँदै पनि नियम भन्दा बहिर लेख्छौं । तयारीका क्लासहरु लिदा नियमभित्र रहेर लेख्ने देखि कस्ता विषयवस्तुहरु छान्ने भन्ने विषयको पनि ज्ञान हुन्छ । त्यसैले एकचोटी तयारी क्लासहरु त लिनु नै जरुरी हुन्छ ।

    5. अध्ययन गर्दा कस्ता खाले सामाग्री छनोट गर्नु उपयुक्त हुन्छ र यहाँले कस्ता समाग्रीलाइृ बढी प्राथमिकता दिनुहुन्थ्यो ?
    सबैभन्दा पहिलात हामीले पाठ्यक्रमलाई बुझ्नुपर्ने हुन्छ । त्यो पाठ्यक्रमसँग मिल्ने किताबहरु छान्नुपर्ने हुन्छ । साथै विभिन्न पत्रपत्रिका, राष्ट्रिय स्तरका लेख रचनाहरुलाई बढी प्राथमिकता दिनुपर्ने हुन्छ, नेपालको संविधान, विषयसँग सम्बन्धित ऐन कानुनहरु, सरकारी निकायका प्रतिवेदन, लोकसेवासँग सम्बन्धित प्रतिवेदनहरु, सम्पादन गरेका विवरणहरुको अध्ययन गर्थे । अर्को दक्ष र भरपर्दो शिक्षकहरुले लेखेका पुस्तकहरुको अध्ययन गर्ने । साथै विभिन्न इन्टिच्यूटहरुको नोटहरुलाई समेटेर त्यसको अर्थ नबिगारेर मौलिकता झलक्ने गरी आफ्नो भाषमा लेखेर पढ्ने, आदि गर्ने बानिको विकास गर्नुभयो भने सफलता हात पार्न ढिलो हुँदैन ।

    6. अहिले लोकसेवाप्रति युवाहरुको आकर्षण कस्तो देख्नु हुन्छ ?
    पछिल्लो समय लोकसेवाप्रति युवाहरुको आकर्षण निकै बढेको छ । खासगरी माथिल्लो वर्गको भन्दा पनि मध्यम वर्गिय परिवारबाट आउनु भएका विद्यार्थीहरु अझ बढि लोकसेवाप्रति आकर्षित छन् । किनभने नेपालमा निजी क्षेत्रमा काम गर्दा न त सुबिधा नै छ न त तलब नै तेही भएर लोकसेवा नै विकल्प हा भन्ने कुरा युवाहरुले बुझिुकेका छन् ।

    7. अहिले लाखौं युवाहरु विदेशीएका छन्, यहाँको मनमा विदेश जाने सोच कहिले आयो कि आएन ?
    मेरो मनमा बिदेश जानुपर्छ भन्ने सोच कहिले कल्पनामा पनि आएन् । किन कि म विगत आठ वर्षदेखि नै निजामति सेवामा नै कार्यरत थिए । त्यसेले मैले निजामति सेवाको बाररेमा राम्रोसँग बुझेको थिए । र निजाति सेवामा नै केही गर्छु भन्ने सोच बनाएको थिए । निजामति ससेवामा प्रवेश गर्नु भन्दा पहिला पनि म शिक्षक पेसामा थिए । त्यो बेला राम्रो शिक्षक हुने मेरो सपना थियो तर, बिचमा शिक्षकसेवा आयोग नखोल्ने,राजनीति भर्दि केन्द्रिको रुपमा हुँदाखेरी हामीजस्तोलाई प्रोत्साहान नहुँदा मैले निजामति सेवाको बाटे रोजे र आज सफल पनि भएको महसुस भएको छ ।

    8. अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परिक्षार्थिलाई के भन्न चाहानु हुन्छ ?
    अहिले लोकसेवामा प्रतिशप्रधा चलिरहेको छ। मेहेनत गरेर निरन्तर पढ्ने बानिको विकास गर्यो भने लोकसेवा बाहिर हल्ला भएजस्तो अप्ठ्यारो पनि हुँदैन । लोकसेवा तयारी गर्दा धैर्यता र लागनशीलता हुन जरुरी छ । विषयवस्तुको छनोटदेखि लिएर, पढाईको तरिका थाहा नपाएर धेरै मान्छेहरु वर्षौदेखि लोकसेवा तयारी भनेर अल्झिरहेको, असफल भएको उदाहरुण पनि छन् । तर, आफ्नो विषयसँग सम्बन्धित किताबहरु पढ्नुपर्ने हुन्छ, भ्याईन्छ भने लोकसेवा तयारीका क्लासहरु लिने र हार मान्नु हुँदैन। आत्मविश्वासका साथ पढ्नुपर्छ। पहिलो पटकमा नै त कोहि सफल हुन सक्छ कोही असफल हुन सक्छ, तर निरन्तर असफलतापछि अवश्य पनि एक पटक सफलता हाँसिल गर्न सकिन्छ।