हँसिया प्रहार गरी भिनाजुद्वारा सालोको हत्या, एक जना गम्भिर घाइते - Chaitanya News
  • 2026-04-25
  • 07:43:50
  • शनिबार,बैशाख १२, २०८३
  • हँसिया प्रहार गरी भिनाजुद्वारा सालोको हत्या, एक जना गम्भिर घाइते

    हँसिया प्रहार गरी भिनाजुद्वारा सालोको हत्या, एक जना गम्भिर घाइते

    काठमाडौं – कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या गरिएको छ भने अर्का एक जना गम्भीर घाइते छन् ।

    कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

    हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।

    मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उनीहरुमाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।