नेपाली र चिनियाँ लसुनको भाउ बढ्यो - Chaitanya News
  • 2026-07-07
  • 01:24:35
  • सोमबार,आषाढ २२, २०८३
  • नेपाली र चिनियाँ लसुनको भाउ बढ्यो

    नेपाली र चिनियाँ लसुनको भाउ बढ्यो

    काठमाडौं– बजारमा नेपाली र चिनियाँ लसुनको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको भाउ बढेको हो।

    सोमबार सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ६५ रुपैयाँ बढेको हो। हिजो आइतबार किलोको २ सय २५ रुपैयाँमा कारोबार भएको लसुन आज भने २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।

    सरकारले चिनियाँ लसुन आयातमा कडाइ गरेपछि पछिल्लो दुई महिनामा लसुन आयातमा गिरावट आएको छ। भन्सार विभागको तथ्यांक हेर्ने हो भने गएको ७ महिना अवधिमा ६ अर्ब २६ करोड रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएको छ। त्यस्तै फागुन महिनामा ४ करोड ५९ लाख रुपैयाँको लसुन आयात भएको छ।

    त्यसैगरी कालीमाटीमा ससकेको चिनियाँ लसुनको भाउ आज सोमबार किलोमा ४० रुपैयाँ बढेर ३ सय १० मा किनबेच भइरहेको छ। हिजो आइतबार किलोको २ सय ७० रुपैयाँ थियो।