फागुन मसान्तसम्ममा भन्सार बिन्दुबाट ३ खर्बभन्दा बढी राजस्व संकलन - Chaitanya News
  • 2026-07-07
  • 01:14:21
  • सोमबार,आषाढ २२, २०८३
  • फागुन मसान्तसम्ममा भन्सार बिन्दुबाट ३ खर्बभन्दा बढी राजस्व संकलन

    फागुन मसान्तसम्ममा भन्सार बिन्दुबाट ३ खर्बभन्दा बढी राजस्व संकलन

    काठमाडौँ– गत वर्षको तुलनामा चालु वर्षको फागुन मसान्तसम्ममा ११ प्रतिशतले आयात बढेको छ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ११ अर्ब ४५ अर्ब ५६ करोड बराबरको आयात भएको छ। गत वर्ष १० खर्ब ३० अर्ब २ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

    आयात बढेसँगै भन्सार बिन्दुमा संकलन राजस्व पनि बढेको भन्सार विभागले जनाएको छ।

    चालु आर्थिक वर्षको फागुनसम्म ३ खर्ब १ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन भएकोमा गत वर्षको सोही अवधिमा २ खर्ब ७० अर्ब ७८ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको थियो।