गृहमन्त्री लेखकले भने: गत असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्छ - Chaitanya News
  • 2026-07-06
  • 03:39:22
  • आइतबार,आषाढ २१, २०८३
  • गृहमन्त्री लेखकले भने: गत असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्छ

    गृहमन्त्री लेखकले भने: गत असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्छ

    काठमाडौँ– गृहमन्त्री रमेश लेखकले गत असोजमा विपदबाट भएको क्षति आँकलन तत्काल अघि बढ्ने बताएकबा छन् । आज (बिहीबार) सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३० औँ बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै बाग्मती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन तत्काल अघि बढाउने बताएका हुन् ।

    यस्तै उनले गत असोज महिनामा बाग्मती, कोशी लगायतका प्रदेश लगायतका अरु ठाउँमा अविरल वर्षाका कारणले बाढी, पहिरो डुवानले जुन क्षति भएको थियो, अब तत्काल त्यसको क्षतिको विस्तृत क्षति आँकलन अघि बढाउने विषयमा छलफल भएको छ। गृहमन्त्री लेखकले भने “निजी आवासहरू अस्थायी बनाउने ठाउँमा अस्थायी र स्थायी बनाउने ठाउँमा स्थायी आवास बनाउने गरी अघि बढ्छौँ।”

    उनले बैठकमा आगामी दिनमा विपद्बाट हुने सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयार रहँदै आगामी दिनमा तयारीका साथ अघि बढ्ने विषयमा छलफल भएको छ बताए।

    “यसअघिको बैठकले पश्चिम नेपालको भूकम्प  डोटी अछाम र जाजरकोट विस्तृत क्षति आकलन नभएको ठाउँमा क्षति आँकलन गर्ने, क्षति आँकलन भएको ठाउँमा निजी स्थायी आवास निर्माणको कार्य अघि बढाउने निर्णय गरेका थियौँ ।” लेखकले भने “पश्चिम नेपालको भूकम्पका बारेमा काम गर्नका लागि तीन वटा कार्यालय पनि म आफै गएर स्थापना गरेका छु, आजको बैठकमा त्यसका बारेमा जानकारी लिने काम भयो । पश्चिम नेपाल भूकम्पबाट उत्पन्न पीडा क्षति आँकलन गर्न बाँकी रहेको ठाउँमा विस्तृत क्षति आँकलन कार्य पनि द्रुत गतिमा अघि बढेको छ।