गृह मन्त्रालयद्धारा सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा - Chaitanya News
  • 2026-11-17
  • 23:06:20
  • मंगलबार,मंसिर ०२, २०८३
  • गृह मन्त्रालयद्धारा सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा

    गृह मन्त्रालयद्धारा सात सिडिओसहित गृहका १३ अधिकारीको सरुवा

    काठमाडौँ– गृह मन्त्रालयले आधा दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ( हरुको सरुवा गररेको छ। मन्त्रालयले विभिन्न सात जिल्लाका प्रजिअहरुलाई सरुवा गर्दै नयाँ प्रजिअहरु पठाएको हो।

    सरुवा सूची अनुसार, जिल्ला प्रशासन कार्यालय , उदयपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम, कपिलवस्तु, सुर्खेतर पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो।

    सूची अरनुसा , गृह मन्त्रालयका सहसचिव जगदीश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रजिअमा पदस्थापन, भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पदस्थापन गरिएको छ। नवलपरासीका अरुण पोखरेललाई गृह मन्त्रालय, गृह मन्त्रालयका कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बागलुङमा पदस्थापन गरिएको छ।

    गृह मन्त्रालयका दिल कुमार तामाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पदस्थापन गरिएको छ भने कपिलवस्तुका प्रजिअ विश्व प्रकाश अर्याललाई गृह मन्त्रालयमा तानिएको छ। यस्तै सुर्खेतका प्रजिअ शंकरहरि आचार्य गृह मन्त्रालय, उदयपुरका प्रजिअ हरि प्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय पर्वतमा पठाइएको छ।

    त्यसैगरी बागलुङका प्रजिअ नेत्र प्रसाद सुवेदीलाई गृह मन्त्रालय, गृह मन्त्रालयका प्रेम प्रसाद लुईटेँललाई जिल्ला प्रशासन कार्यालय उदयपुर, गृह मन्त्रालयका आनन्द सारूलाई अछाम, अछामका शिव प्रसाद लम्साल र पर्वतका केदारप्रसाद शर्मालाई गृह मन्त्रालयमा तानिएको छ।