सरकारी र निजी कार्यालय परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको निर्देशन - Chaitanya News
  • 2026-04-25
  • 07:46:22
  • शनिबार,बैशाख १२, २०८३
  • सरकारी र निजी कार्यालय परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको निर्देशन

    सरकारी र निजी कार्यालय परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको निर्देशन

    काठमाडौं- काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको छ।

    महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन महानगरले सूचना निकालेर आग्रह गरेको हो।

    ‘कार्यालय परिसर नियमित रूपमा सरसफाइ नगर्दा फोहोर थुप्रेका छन्। यस्ता फोहोर ३५ दिनभित्र हटाउनु,’ महानगरले सूचना जारी गर्दै भनेको छ। तोकिएको समयभित्र फोहोर नहटाएमा सम्बन्धित कार्यालयबाटै खर्च असुल गर्ने गरी महानगरले फोहोर व्यवस्थापन चेतावनीसमेत दिएको छ।

    कार्यालय परिसरका फोहोर व्यवस्थापन गरी सहरलाई सफा राख्न पनि महानगरले आग्रह गरेको छ।