पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत - Chaitanya News
  • 2026-07-06
  • 03:40:05
  • आइतबार,आषाढ २१, २०८३
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत

    काठमाडौँ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको छ।आज (मंगलबार) प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नवौँ सभा बैठकले बजेट र कार्यक्रम स्वीकृत गरेको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बैठक सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरूमा ध्यान दिन जोड दिइएको छ।

    कुलपति ओलीले चिकित्सा शिक्षाका साथै पोखरा र त्यस क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवालाई प्रभावकारी र सुशासनयुक्त रूपमा प्रदान गर्न निर्देशन दिएको पनि सचिवालयले जनाएको छ। उनले आर्थिक वर्ष लाग्नु पूर्व नै बजेट तथा कार्यक्रम पारित गराउन आग्रह गरेका थिए।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा।डुकबहादुर क्षेत्रीले प्रतिष्ठानबाट आफ्नो कार्यकालमा भएका प्राज्ञिक, व्यवस्थापकीय र स्वास्थ्य सेवाका क्षेत्रमा भएको प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए।