आजदेखि ‘पोखरा–छेन्दु’ उडान सूरु हुँदै - Chaitanya News
  • 2026-07-06
  • 03:41:17
  • आइतबार,आषाढ २१, २०८३
  • आजदेखि ‘पोखरा–छेन्दु’ उडान सूरु हुँदै

    आजदेखि ‘पोखरा–छेन्दु’ उडान सूरु हुँदै

    काठमाडौँ– आज (मंगलबार) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक ‘चाटर्ड’ उडान हुँदैछ ।

    सिचुआन प्रान्तको सहयोगमा एयरलाइन्सलेआजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।

    विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तराष्ट्रिय उडान हुन नसकेको अवस्थामा आज पहिलो पटक सिचुवान एयरलाइन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदै छन्।

    यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान(प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुऱ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ।