८ महिनाको अवधिमा ५८६ विदेशीले नेपालमा लिए श्रम स्वीकृति - Chaitanya News
  • 2026-07-06
  • 05:08:17
  • आइतबार,आषाढ २१, २०८३
  • ८ महिनाको अवधिमा ५८६ विदेशीले नेपालमा लिए श्रम स्वीकृति

    ८ महिनाको अवधिमा ५८६ विदेशीले नेपालमा लिए श्रम स्वीकृति

    काठमाडौं– चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउन–फागुन) अवधिमा ५ सय ८६ विदेशीले नेपालमा श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाले जानकारी दिएको छ ।

    विभागका अनुसार फागुनमा मात्र ५५ विदेशीले यस्तो श्रम स्वीकृति लिएका छन्। नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा धेरै चिनियाँ छन्। श्रम स्वीकृति लिनेमा बेलायत र अमेरिकाका समेत छन्।

    यस वर्ष ८ महिनामा १ हजार ८१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ। फागुनमा मात्र १ सय १३ विदेशीको श्रम स्वीकृति नवीकरण गरिएको विभागले जनाएको छ।

    फागुनसम्म विभागले २६ प्रतिष्ठानमा अनुगमन गरेको छ। जसमा विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको अनुगमन गरिएको समेत विभागले जनाएको छ। फागुनमा मात्र २ वटा अनुगमन गरिएको छ।