इन्डिजिनियस टेलिभिजनका अध्यक्ष पत्रकार सुनुवार चुनिए यूएन स्वेच्छिक कोषकोअध्यक्षमा - Chaitanya News
  • 2026-04-30
  • 05:51:59
  • बिहिबार,बैशाख १७, २०८३
  • इन्डिजिनियस टेलिभिजनका अध्यक्ष पत्रकार सुनुवार चुनिए यूएन स्वेच्छिक कोषकोअध्यक्षमा

    इन्डिजिनियस टेलिभिजनका अध्यक्ष पत्रकार सुनुवार चुनिए यूएन स्वेच्छिक कोषकोअध्यक्षमा

    काठमाडौँ — इन्डिजिनियस टेलिभिजनका अध्यक्ष पत्रकार देवकुमार सुनुवार आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष सञ्चालक समितिको अध्यक्ष चुनिएका छन्।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार दुई वर्षका लागि नियुक्त गरेका हुन्। पत्रकार सुनुवार स्विजरल्यान्डको जेनेभामा जारी कोष सञ्चालक समितिको बैठकमा सहभागी छन्। सुनुवार यसअघि कोष सञ्चालनका लागि सुनुवारलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधि सदस्य थिए। उनले महासचिवलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासीहरूको तर्फबाट सल्लाह दिँदै आएका छन्।

    संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८५ मा आदिवासीहरूका लागि स्वेच्छिक कोष स्थापना गरेको हो। यो कोष संसारभरका आदिवासी जनजातिहरूको मानव अधिकार प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघले आयोजना गर्ने विभिन्न सभा र सम्मेलन, मानवअधिकारसम्बन्धी समिति र उपसमितिका बैठकहरूमा आदिवासीहरूको प्रतिनिधित्व र सहभागिताका लागि सहयोग पुर्‍याउँदै आएको छ।

    अन्तर्राष्ट्रिय कानून र मानव अधिकार, आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर सुनुवारले मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको मुख्य कार्यालयमा सन् २०१० मा फेलोका रूपमा प्रशिक्षण प्राप्त गरेका छन्।